Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

नेपालले आज थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं : एएफसी महिला एसियन कप–२०२६ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो। खेल थाइल्यान्डको पथुम थानीस्थित थम्मासत स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ५ बजे सुरू हुनेछ।

थाईल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले गत शुक्रबार थाइल्यान्डसँग बन्द रंगशालामा अभ्यास खेल खेलेको थियो। सो खेलमा नेपाल १–० ले पराजित भएको थियो। नेपाल आज पुनरागमन जितको खोजीमा हुने छ।

फिफा महिला विश्वकप खेलिसकेको थाइल्यान्डसँग नेपालले पहिलोपटक मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यद्यपि, महिला एसियन कपमा भने नेपालले सन् १९९६ र १९९९ मा थाईल्यान्डसँग दुई खेल खेलेको छ। दुबै खेलमा नेपाल ५–० गोलले पराजित भएको थियो। हाल फिफा वरियतामा थाइल्यान्ड ४७औं र नेपाल ९९औं स्थानमा छन्।

नेपाली टोलीले यही जुन २९ बाट उज्बेकिस्तानमा सुरू हुने महिला एसियन कप छनोटमा भाग लिनेछ। नेपाल समूह एफमा रहेको छ। यस समूहमा उज्बेकिस्तान, लाओस र श्रीलंका छन्।

छनोट चरणमा ३४ टिमलाई ८ समूहमा बाँडिएको छ। प्रत्येक समूह विजेताहरूले सन् २०२६ को मार्चमा अष्ट्रेलियामा हुने महिला एसियन कपमा स्थान बनाउनेछन् समूह एफका सबै खेल उज्बेकिस्तानमा हुनेछन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP