Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

तम्घास-सिमलटारी कालोपत्र सडकको हालत : सकडमै पोखरी

गुल्मी

मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–छल्दी सडकखण्ड भत्किन थालेसँगै जोखिम बढेको छ ।

जिल्ला सदरमुकाम तम्घास भित्रिने सडकको तम्घास-छल्दी खण्डका घुम्तीमै सडक भत्किएपछि यात्रा जोखिम बन्दै गएको हो ।

सडक कार्यालयको बेवास्ताका कारण दिनहुँ सडक जीर्ण र जोखिम बन्दै गएको छ । नालीमा घाँस र माटो भरिएर सडकबाटै वर्षातको भेल बग्ने गरेको छ ।

राजमार्गका विभिन्न ठाउँमा कतै खाल्डा र कतै पानी पोखरी बनेका छन् । सामान्य मर्मत गरेर सुधार गर्न सकिने भए पनि बेवास्ता गरिएको छ ।

कालोपत्रे सडक भत्किएको वषौं बित्दासमेत मर्मत गरिएको छैन । सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ । तर, अहिले विभिन्न ठाउँमा सडक भत्किएर जोखिम बढ्दै गएको छ । ६ वर्ष पहिले कालोपत्रे भएको तम्घास–सिमलटारी सडकखण्ड जीर्ण बनिरहेको छ ।

समयमै सडक हस्तान्तरण र मर्मत नहुँदा सडक जीर्ण बन्दै गएको हो । राजमार्गको विभिन्न स्थानमा सडक भत्किएको छ ।

कालोपत्रे सडकको जोखिम ठाउँमै भत्किन थालेसँगै राजमार्ग भएर आउ–जाउ गर्ने सवारी साधनहरुले सास्ती खेप्दै आएका छन् । बिरामीहरू लिएर रातको समय हिँड्दा निकै जोखिम बढदै गएको सवारी चालक प्रदीप जिसीले बताए ।

उनले मुख्य राजमार्गका यस्तो अवस्था भएको लामो समय बित्दा समेतसम्बन्धित निकायको ध्यान नजानु दु:खद् पक्ष रहेको बताए । सडक जीर्ण बन्दै जान थालेपछि साना सवारी सधानहरुलाई समस्या पर्दै गएको अटो चालक केशव कुँवरले बताए ।

राजमार्गमा यात्रा गर्दा जोखिम ठाउँमा ठूला सवारी सधानहरुले पेलेर आउँदा निकै जोखिम मोल्नु परेको कुँवरले बताए । राजमार्गको २९ किलोमिटर कालोपत्रे सडक २०७१ मा सुरु भई २०७६ सालमा निमार्ण सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP