
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कसैले पनि उद्घाटन र शिलान्यास कार्यक्रममा नबोलाउन आग्रह गरेका छन्। आज(सोमबार) सामाजिक सञ्जालमार्फत उनले यस्ताे आग्रह गरेका हुन्।
मन्त्री पुनले युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिस काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नगएको बताएका छन्।
उनले भनेका छन्, ‘कृपया कसैले पनि र कहिबाट पनि हालको म मन्त्रीलाई उद्घाटन र शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा गर्दै नगर्नु होला, म युनेस्को महासभाको उज्बेकिस्तानमा हुने साधारण सभा र ब्रिटिस काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत गइन र जाँदैन।’
मन्त्री पुनले विदेश घुम्यो भनेर हल्ला नगर्न पनि आग्रह गरे। ‘जानै पर्ने र नगइ नहुने मिटीङहरूमा मात्र केही मन्त्रीज्यूहरु विदेश जानु भएको हो, विदेश घुम्यो भनेर हल्ला नगर्नु होला’, उनले भनेका छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया