Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

चेन्नईसँग कोलकाता पराजित


काठमाडौं : चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा मंगलबार कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको छ।

१९३ रनको लक्ष्य पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १६० रनमात्र बनाउन सक्यो।

५ खेलमा दोस्रो जित हात पारेपछि चेन्नई एक स्थान माथि उक्लिएर आठौँमा पुगेको छ। कोलकाताले कुनै खेल जित्न सकेको छैन । ५ खेलमा चौथो हार भोगेको कोलकाता १० टोली सहभागी प्रतियोगिताको पुछारमा छ।


कोलकाताको सुरुआत राम्रो थिएन। फिन एलेन १ रनमै आउट भए। सुनिल निनले १७ बलमा समान २ चौका र छक्कासहित २४, कप्तान अजिन्क्या रहानेले २२ बलमा २ छक्काका साथ २८, अंगक्रिस रघुवंशीले १९ बलमा ३ चौका र १ छक्कासहित २७ तथा रिंकु सिंहले ६ रन बनाए।

क्यामरन ग्रिनले खाता खोल्न सकेनन् । रमनदीप सिंहले २३ बलमा ४ चौका र १ छक्कासहित ३५ रन बनाए। रोभमन पोवेल २२ बलमा १ चौका र २ छक्का हान्दै ३१ रनमा अविजित रहे।

चेन्नईका नुर अहमदले ३ विकेट लिए उनले ४ ओभरमा २१ रनमात्र खर्चेका थिए। अंशुल कम्बोजले २ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङमा आएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाई १९२ रन बनाएको थियो। ओपनर सन्जु सामसनले सर्वाधिक ४८ रन बनाए। उनले ३२ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर एवं कप्तान रितुराज गायकवाड ७ रनमै आउट भए।

आयुष महात्रेले ३८ रन बनाए । उनले १७ बलमा ६ चौका र २ छक्का प्रहार गरे। डेवाल्ड ब्राभिसले २९ बल खेल्दै ४ चौका र २ छक्कासहित ४१, सरफराज खानले १८ बलमा १ चौका र २ छक्कासहित २३ रन बनाए।

शिवम दुबे १२ बलमा १३ र जेमी ओभरटन ६ बलमा ७ रन बनाएर अविजित रहे। कोलकाताका कार्तिक त्यागीले ४ ओभरमा ३५ रन खर्चेर २ तथा वैभव अरोरा, अनुकुल रोय र निनले १–१ विकेट लिए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP