Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा


पर्वत : श्रीमानको किर्ते सही छाप गरी ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरू पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनकी ४४ बर्षीया वन्ती शाही र सुर्खेतको चौकुने गाउँपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–१० बुद्ध चोकमा बस्दै आएका ४४ वर्षीय भद्र थापा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार वन्तीका श्रीमान् मोहन बहादुर शाहीको नाममा पोखरा महानगरपालिका–३० मा दुई ओटा कित्ता रहेको जग्गा छ।


कित्ता नं. २४४४ र २४४७ को उक्त जग्गालाई मोहनकी श्रीमती वन्ती र अर्का व्यक्ति भद्र मिलेर मोहनको सहीछाप किर्ते गरे।
सोही जग्गालाई राखेर सिद्धार्थ बैङ्क लिमिटेड शाखा कार्यालय ताल चोक कास्कीमा धितो बन्धकमा राखेर ५० लाख रुपैयाँ निकालेको जाहेरी कास्की प्रहरीमा प¥यो।

सोही आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले गत वैशाख २५ गते वन्ती र भद्रबहादुरलाई पक्राउ गरेको हो।

उनीहरूमाथि अनुसन्धानको लागि कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ एक्सटर्सन सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP