Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, ९ असार ।

पुर्व-पश्चिम महेन्द्र राजमार्गसँग जोडिने महत्वपूर्ण सहायक सडक अन्तर्गत शिवराज नगरपालिका-२ हल्लानगर सुरही पुलदेखि विजयनगर गाउँपालिकाको मैनारी हुँदै झिंगाहासम्मको अधुरो सडक स्तरोन्नति हुने पक्का भएको छ ।

लामो समयदेखि स्तरोन्नतिको प्रतीक्षामा रहेको उक्त सडकका लागि बजेट व्यवस्थापन हुने भएपछि स्थानीयवासीमा खुशी छाएको छ । विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको निरन्तर पहलपछि सडक स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गत वर्ष क्षेत्रीय अनुगमनका क्रममा उक्त सडकको अवस्था अवलोकन गर्दै आवश्यक बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धता अनुसार सडक स्तरोन्नतिका लागि बहुवर्षीय बजेट सुनिश्चित भएको बताइएको छ । यसका लागि प्रदेशबाट १ कराेड रुपैयाँ विनियोजन गरिएको छ ।

सडक निर्माण तथा स्तरोन्नतिपछि विजयनगर गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सहज हुने, कृषि उपज ढुवानीमा सुविधा पुग्ने तथा स्थानीय व्यापार-व्यवसायलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

गाउँपालिका अध्यक्ष थापाले सडक स्तरोन्नतिले क्षेत्रको विकास र जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै प्रतिबद्धता पूरा गरेकोमा मुख्यमन्त्री आचार्यप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP