
कृष्णनगर, १० असार ।
इलाका प्रहरी कार्यालय बहादुरगञ्जबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याइँदै गरेको १ सय ८० वटा लोकल प्रजातिका कुखुरा बरामद गरेको छ ।
प्रहरीका अनुसार कृष्णनगर नगरपालिका-९ विजयनगर स्थित भित्री सडक खण्डमा तीन ओटा साइकलमार्फत अवैध रूपमा कुखुरा ल्याइँदै गरेको अवस्थामा प्रहरी टोली पुगेपछि सम्बन्धित व्यक्तिहरू कुखुरा र साइकल छाडेर फरार भएका थिए ।
बरामद गरिएका १ सय ८० ओटा लोकल कुखुराको प्रति जिउ अनुमानित मूल्य रु. १ हजारका दरले कुल रु. १ लाख ८० हजार तथा तीन ओटा साइकलको अनुमानित मूल्य रु. १५ हजार गरी जम्मा रु. १ लाख ९५ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद कुखुरालाई स्थानीय जनप्रतिनिधि तथा पशु क्वारेन्टाइन चेकपोष्ट कृष्णनगरका कर्मचारीहरूको रोहबरमा नष्ट गरिएको छ । बरामद गरिएका साइकल आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंह जानकारी दिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया