Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

बाख्रा पालन व्यवसाय सुदृढ बनाउन ८० प्रतिशत अनुदानमा सामग्री वितरण

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, ११ असार ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-४ बुद्धनगर-भूपूमा बाख्रा पालन कृषि समूहका उद्यमीलाई गाउँपालिकाले ८० प्रतिशत अनुदानमा विभिन्न सामग्री वितरण गरेको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यमीहरूको स्तरोन्नतिका लागि २१ जनालाई  जाली, डेक्ची, परात, जस्तापाता तथा पाइप वितरण गरिएको उद्यम विकास सहजकर्ता शितल सुनारले जानकारी दिइन् । उद्यमीहरूको आवश्यकता पहिचानका आधारमा सञ्चालन गरिएको पुनर्ताजगी तथा एडभान्स सीप विकास कार्यक्रममार्फत उक्त सामग्री वितरण गरिएको हो ।

सामग्री वितरण कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष तिलकराम कँडेलले उद्यमशीलता प्रवर्द्धन तथा आयआर्जन वृद्धि गर्न गाउँपालिकाले विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

उद्यमीहरूको व्यवसायलाई थप व्यवस्थित, उत्पादनमुखी तथा आयआर्जनमा टेवा पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए । उनले प्राप्त सामग्रीको सदुपयोग गरी व्यवसायलाई थप विस्तार गर्न उद्यमीहरूलाई आग्रह गरे ।

यस्तै राजश्व शाखाका अनिल सापकोटाले उद्यमीहरूको वास्तविक आवश्यकता र व्यवसायको प्रकृतिलाई आधार मानी सामग्री वितरण गरिएको उल्लेख गर्दै प्राप्त सामग्रीको प्रभावकारी उपयोगले उत्पादन वृद्धि र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

गाउँपालिकाले उद्यमशीलता विकासमार्फत स्थानीय नागरिकको आर्थिक अवस्था सुदृढ बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP