Trending
flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण

लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा

कृष्णनगर, १४ असार ।

कपिलवस्तुको शिवराज अस्पतालले न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards-MSS) मूल्यांकनमा लुम्बिनी प्रदेशका प्राथमिक अस्पतालहरू मध्ये सर्वाधिक अंक प्राप्त गर्दै उत्कृष्ट स्थान हासिल गरेको छ ।

शिवराज अस्पतालका डा. दुर्गेश चाैधरीका अनुसार   सार्वजनिक गरिएको MSS ड्यासबोर्ड अनुसार शिवराज अस्पतालले ६२ अंक प्राप्त गरेको छ । लुम्बिनी प्रदेशका प्राथमिक अस्पतालमध्ये पिपरा अस्पतालले ६०, चिसापानी अस्पतालले ५९ र लमही अस्पतालले ५९ अंक प्राप्त गरेका छन् । यससँगै शिवराज अस्पताल प्रदेशकै उत्कृष्ट प्राथमिक अस्पतालका रूपमा स्थापित भएको उनलेे बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको न्यूनतम सेवा मापदण्ड मूल्यांकनले अस्पतालको सेवा प्रवाह, व्यवस्थापन, जनशक्ति, पूर्वाधार, औषधी तथा उपकरण व्यवस्थापन लगायत विभिन्न सूचकका आधारमा अंक प्रदान गर्ने गर्दछ ।

यस्तै शिवराज अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले यो उपलब्धी सम्पूर्ण अस्पताल परिवारको सामूहिक प्रयासको परिणाम भएको बताउँदै सेवाग्राहीप्रति आभार व्यक्त गरे । उनले प्राप्त सफलताले थप जिम्मेवारी बढाएको उल्लेख गर्दै आगामी दिनमा सेवा गुणस्तर, व्यवस्थापन र बिरामीमैत्री सेवामा अझ सुधार गर्दै जाने प्रतिबद्धता जाहेर गरे ।

यसैगरी कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले शिवराज अस्पतालले न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रदेशमै उत्कृष्ट अंक प्राप्त गर्नु गौरवको विषय भएको बताए । उनले याे उपलब्धी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा व्यवस्थापनको सामूहिक मिहिनेतकाे परिणाम भएको बताउँदै आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि नगरपालिकाले सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP