Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

२६ मा १६ विदा,कसले खान्छ सीदा ?

चोरी निकासी नियन्त्रण गर्न सरकारले सशस्त्र प्रहरीको पहाडी जिल्ला कार्यालयहरुबाट संख्या घटाएर तराईमा तैनाथी बढाएको छ । तर राज्य र सशस्त्र प्रहरी संगठनको लक्ष्य र उध्देश्यलाई कपिलवस्तुको बोर्डर आउटपोष्ट (बिओपी) जवाबैराठका निरीक्षक पदम जेठाराले निमोठेको गुनासो  छ ।

२६ जना तैनाथ पोस्टबाट १६ लाई बिदा छाडेका उनले घर जानेको राशन रकम खाइदिएको खबर असार १४ गते जनआस्था डटकममा प्रकाशन भएको थियो । उनले विदा गएकालाई छिटो आइज,बाहिनीबाट निरीक्षण आउन लाग्यो भन्दै उर्दी जारी गरेको र प्रहरीहरुलाई ग्रुपमै गाली गलौज गरेको स्क्रिनसट समाचारमा समावेश थियो ।

समाचार प्रकाशित भएको भोलिपल्ट असार १५ गते मंगलबार  लुम्बिनी प्रदेश हेर्ने नम्बर ५ बिन्ध्यावासिनी वाहिनीका  डिआइजी दीपक अधिकारी जवाबैराठ पुगेका थिए ।

“बिदा छाड्ने,छिटो आइज भन्दै गाली गर्ने ?” शिर्षक उक्त समाचारको कतैबाट खण्डन आएको छैन । बिओपी प्रमुख जेठारालाई छानबिन र कारवाहीको दायरामा पनि ल्याइएको छैन । तालुकदार निकायहरु कपिलवस्तुको नम्बर २८ गण, बाहिनी र सशस्त्र प्रहरीको हलचोकस्थित मुख्यालयले प्रहरी कर्मचारीहरुको पेट मार्नेलाई कारवाही गर्नुको साटो उल्टै छानबिनको नाममा तल्लो तहका प्रहरीहरुलाई दु:ख दिन थालेको बताइन्छ ।

समाचार प्रकाशित भएको भोलिपल्ट असार १५ गते मंगलबार  लुम्बिनी प्रदेश हेर्ने नम्बर ५ बिन्ध्यावासिनी वाहिनीका  डिआइजी दीपक अधिकारी जवाबैराठ पुगेका थिए । उनले कर्मचारीहरुलाई संस्कार र संस्कृतिसंग जोडिएको चाड असारे पन्ध्रमा दही चिउरा खायौ खाएनौ भनेर सोधेनन् । निरीक्षक जेठारासंग एकछिन भलाकुसारी सकेर तल्लो तहका कर्मचारीहरुमाथि खनिए ।  डिआइजी फर्केको भोलिपल्टै असार १६ गते जसरी पनि समाचारको स्रोत पत्ता लगाउने भन्दै बाहिनीका एसपी नरेश भण्डारी जवाबैराठ पुगे ।

भण्डारीले प्रहरी कर्मचारीहरुको मोबाइल मात्रै नभई श्रीमतीसंग अन्तरंग जोडिएका व्यक्तिगत विवरणहरु पनि पनि हेर्न भ्याए । निरीक्षक जेठाराको ठाउँमा डिएसपीलाई बिओपी पठाउने तयारी भए पनि आज पानी परेकोले समाचार तयार पार्दासम्म बाहिनीमै रोकिएको स्रोतले जनाएको छ । साभार :जनआस्था

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP