विजयनगर, २१ असार ।
कपिलवस्तुको शिवराज नगरपालिकाकाे ३ नम्बर वडा कार्यालयले खानेपानी संकट समाधान गर्न वडाबासीलाई पानी वितरण गर्ने भएको छ । लामो समयदेखि परेको खडेरी तथा वर्षा अभावका कारण खानेपानीका मुहान सुक्दै गएपछि देखिएको खानेपानी संकट समाधान गर्न वडा कार्यालयले ट्यांकरमार्फत खानेपानी वितरण एक सूचना जारी गर्दै जनाएको छ ।
कार्यालयले जारी गरेको सूचना अनुसार वडा समितिको निर्णय बमोजिम खानेपानीको समस्या भएका विभिन्न टोल तथा बस्तीमा सोनवर्षी डिप बोरिङबाट ट्यांकरमार्फत निश्चित समय तालिका अनुसार पानी वितरण गरिने भएको हो ।
सूचना अनुसार खरेन्द्रपुर चोक र सोनवर्षी क्षेत्रमा बिहान ७ बजेदेखि ८ बजेसम्म, शान्ति टोल र हंसवाहिनी टोलमा बिहान ८ बजेदेखि ९ बजेसम्म, स्वर्गद्वारी आश्रम टोलमा बिहान ९ बजेदेखि १० बजेसम्म तथा मदवाडाँडा टोलमा बिहान १० बजेदेखि ११ बजेसम्म खानेपानी वितरण गरिने व्यवस्था मिलाइएको वडा अध्यक्ष टेकलाल सापकोटा जानकारी दिए ।
वडा कार्यालयले स्थानीयवासीलाई आवश्यक परिमाणमा पानी संकलन गर्न कम्तीमा १०० लिटर क्षमताको भाँडा तयारी अवस्थामा राख्न आग्रह गरेको छ । पानी वितरणका क्रममा ट्यांकर पुग्नुअघि जानकारी गराइने तथा अत्यावश्यक अन्य स्थानमा समेत आवश्यकता अनुसार ट्यांकरमार्फत पानी उपलब्ध गराइने जनाइएको छ ।
वडा अध्यक्ष टेकलाल सापकोटाद्वारा हस्ताक्षरित सूचनामा खानेपानी संकटका बेला सबै नागरिकलाई संयमित र मितव्ययी रूपमा पानीको प्रयोग गर्नसमेत अनुरोध गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया