कृष्णनगर, २१ असार ।
कपिलवस्तु प्रहरीले मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको ५ लाख ४८ हजार ५ सय रुपैयाँ नगद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आइतबार दिउँसो करिब १२ बजे मायादेवी गाउँपालिका-२ अन्तर्गत पकडी-चाकरचौडा सडक खण्डमा चेकजाँचका क्रममा लु ३५ प ५१५१ नम्बरको मोटरसाइकल सहित स्राेत नखुलेकाे रकम बरामद गरेको हाे भने चालक मोटरसाइकल छाडेर फरार भएका छन् ।
इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी निरीक्षक गणेशप्रसाद जैशीको नेतृत्वमा खटिएको टोलीले शंकास्पद मोटरसाइकलको जाँच गर्दा सिटमुनि लुकाएर राखिएको अवस्थामा नेपाली रुपैयाँ ५ लाख ४८ हजार ५ सय फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका बरामद गरिएको नगद र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालय, कपिलवस्तु पठाउने प्रक्रिया अघि बढाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया