कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिकामा वर्षौँदेखि थाती रहेको गाउँ ब्लकको जग्गा सम्बन्धी समस्या समाधान भएको छ। नगरपालिकाको विशेष पहल तथा नापी कार्यालय कपिलवस्तु (२ नं. नापी टोली) को प्राविधिक सहयोगमा नगरका विभिन्न वडाका ९७५ घरधुरीलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको हो।
वडा नं. ५ स्थित चन्द्रौटा दुर्गा मन्दिर परिसरमा आयोजित कार्यक्रममा नगरप्रमुख अजय थापाले स्थानीय बासिन्दालाई लालपुर्जा हस्तान्तरण गर्नुभयो। यस चरणमा वडा नं. १, ४, ६, ८ र ११ का गाउँ ब्लक क्षेत्रका बासिन्दाले लालपुर्जा प्राप्त गरेका छन्। लामो समयदेखि आफ्नै नाममा जग्गाको कानुनी स्वामित्व नहुँदा स्थानीयले बैंकिङ सेवा, ऋण, घरजग्गा कारोबार तथा अन्य प्रशासनिक काममा कठिनाइ भोग्दै आएका थिए।
लालपुर्जा वितरणसँगै ती समस्या समाधान हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ। बिहान १० बजेदेखि सुरु भएको वितरण कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता थियो। नगरप्रमुख थापाले अबिर र खादा लगाएर सम्मानसहित लालपुर्जा वितरण गर्नुभएको थियो।
वर्षौँको प्रतीक्षापछि आफ्नै नामको लालपुर्जा पाएपछि धेरै स्थानीय भावुक बनेका थिए। कार्यक्रममा नगरप्रमुख थापाले स्थानीयवासीको वर्षौँदेखिको लालपुर्जा पाउने सपना साकार पार्न पाउँदा स्थानीय सरकार गौरवान्वित भएको बताउँदै बाँकी रहेका जग्गा सम्बन्धी समस्या पनि चरणबद्ध रूपमा समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया