Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

मदरसामा ८ कोठे भवनको शिलान्यास, आधुनिक शिक्षाका लागि बलियो पूर्वाधार

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २२ असार ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-४ बरगदवामा मदरसा अहिले सुन्नत कादिरिया फैजुल वलुममा सुविधा सम्पन्न ८ कोठे नयाँ भवन निर्माणको शिलान्यास गरिएको छ । सोमबार आयोजित कार्यक्रममा पूर्व सांसद स्वर्गीय मंगल प्रसाद गुप्ताकी श्रीमती स्वतन्त्रता गुप्ता, पूर्व सांसद सराज अहमद फारुकी, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा तथा उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।

मदरसाका प्रधानाध्यापक अब्दुल रहीम मुसलमानका अनुसार भवन निर्माणका लागि आवश्यक बजेट स्वर्गीय सांसद मंगल प्रसाद गुप्ताको पहलमा संघीय सरकारबाट विनियोजन भएको हो । भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीले आधुनिक र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर पाउने विश्वास गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्रता गुप्ताले शिक्षा क्षेत्रमा गरिएको लगानी नै भविष्यको पुस्ताका लागि सबैभन्दा ठूलो लगानी भएको बताइन् । उनले समुदायको एकता, सहकार्य र सकारात्मक सोचले यस्ता विकास निर्माणका कार्यलाई सफल बनाउने धारणा व्यक्त गरिन् ।

पूर्व सांसद सराज अहमद फारुकीले शिक्षा समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै मदरसाको भौतिक पूर्वाधार विस्तारले धार्मिक तथा औपचारिक शिक्षालाई थप प्रभावकारी बनाउने बताए । उनले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरी गुणस्तरीय भवन हस्तान्तरण गर्न सम्बन्धित पक्षलाई आग्रह गरे ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शिक्षा क्षेत्रको विकास गाउँपालिकाको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै ‘टिनको छानामुक्त विद्यालय अभियान’ लाई जाेड दिएको बताए । उनलेे यस भवनले विद्यार्थीलाई सुरक्षित, सहज र गुणस्तरीय अध्ययन-अध्यापनको वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरे ।

गाउँपालिकाले सबै समुदायको शैक्षिक विकासलाई समान प्राथमिकताका साथ अघि बढाइरहेको अध्यक्ष थापाकाे भनाई छ । उनले पुर्व सांसद मंगल प्रसादकाे गुप्ताकाे पहलमा बजेट विनियोजन भई भवन निर्माण हुन लागेकाे भन्दै सांसद गुप्ताकाे प्रशंसा समेेत गरे ।

उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी ले सुविधा सम्पन्न भवन निर्माणपछि विद्यार्थीको सिकाई वातावरण थप सुधार हुने बताउँदै गाउँपालिकाले आगामी दिनमा पनि शैक्षिक पूर्वाधार विकासलाई निरन्तर प्राथमिकता दिने स्पष्ट पार्दै  निर्माण प्रक्रियामा गुणस्तरलाई कुनै पनि हालतमा सम्झौता गर्न नहुनेमा जोड दिइन् ।

मदरसा व्यवस्थापन समितिका अध्यक्ष इजहारुल गद्दीले नयाँ भवन निर्माणपछि मदरसाको शैक्षिक गतिविधि अझ व्यवस्थित, प्रभावकारी र विद्यार्थीमैत्री बन्ने विश्वास व्यक्त गरे । उनले भवन निर्माणका लागि अब्दुल सिद्धिक खाँ र हाजी उसमान मुसलमानले जग्गादान गरेकाे बताए ।

भवन निर्माणकाे ठेक्का एम/एस भिक्टोरिया हाइड्रो कन्स्ट्रक्सनले पाएकाे छ । करिब १ करोड ५० लाख रुपैयाँकाे लागतमा भवन निर्माण हुन लागेको हाे ।

शिलान्यास कार्यक्रमलाई ४ का वडा अध्यक्ष तिलकराम कँडेल, ५ का वडा अध्यक्ष अनवर माेहम्मद मुसलमानले सम्बाेधन गरेका थिए भने कार्यक्रममा समाजसेवी, स्थानीय अगुवा, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP