Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

कपिलवस्तुमा ‘प्रथम कपिलवस्तु श्री’ प्रतियाेगिता सुरु

कपिलवस्तु, १० असोज

कपिलवस्तुको तौलिहवामा ‘प्रथम कपिलवस्तु श्री’ खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सुरु गरिएको छ । कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोगमा कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले तौलिहवामा ‘कपिलवस्तु श्री’ को आयोजना गरेको हो ।
पहिलो दिन ६ वजन समूहबाट शनिबार हुने फाइनल चरणका लागि ५,५ खेलाडी छनौटमा परेका छन् । छनौट पर्नेमा ५५ केजी उमेर समूहतर्फ सुनिल आले, कृष्ण रनपाल, चुमानसिंह केसी, उदयराज पाण्डे र सुरेन्द्र प्रसाद वर्मा रहेका छन् । त्यसैगरी ६० केजी वजन समूहमा बिकास तामाङ्ग, सुरेस थापा, उमेश पुन, मोहम्मद जमराती र मन बहादुर राना छनौटमा परेका छन् ।

६५ केजी वजन समुहमा रामचन्द्र तामाङ्ग, रमेश थारु, सुमन लिम्बु, बिजेन्द्रमान श्रेष्ठ र बिकास चौधरी रहेका छन् । ७० केजी उमेर समुहमा पुष्प शंकर, बिनोद सुनार, गोबद्र्धन श्रेष्ठ, रमेश श्रेष्ठ र रमेश अधिकारी छनौटमा परेका छन् । त्यसैगरी ७५ केजी वजन समूहतर्फ अनिश थापा, बिन्धयाचल कहार, सुनिल दहित, चन्द्रमान श्रेष्ठ र कृतन प्रसाद श्रेष्ठ छनौट भएका हुन् ।
‘कपिलवस्तु श्री’ विजेतालाई नगद २ लाखसहित ट्रफी प्रदान गरिने छ । त्यसैरी ६ वजन समूह चरणका खेलका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई जनही १५ हजार, १० हजार र ५ हजार पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजक समितिका अध्यक्ष जीवन गिरीले जानकारी दिए । कार्यक्रममा भाजपा नेता तथा खेलका अन्तर्रा्ष्ट्रिय कोच सुवास भदाना, फिटनेश संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, सामाजिक सञ्जालमा चर्चित अघोर बाबा र खेललाई आर्थिक सहयोग गरेको कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह र ‘कपिलवस्तु श्री’का आर्थिक संयोजक राजु प्रसाद अर्याल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP