Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

सम्पन्नशाली व्यक्तिहरुले मात्र सरकारको आलोचना गरे : प्रधानमन्त्री

file photo

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले धनाढ्य र सम्पन्नशाली व्यक्तिहरुले मात्र सरकारको आलोचना गरेको जिकिर गरेका छन् ।

बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले घर भइरहेका, जागिर भइरहेका र व्यवसाय गरिरहेकाहरुले मात्र सरकारले केही गरेन भन्ने गरेको दाबी गर्दै ‘गरिबको पनि बैंकमा खाता हुनुलाई उपलब्धि नभन्ने रु’ भन्दै प्रश्न गरे ।

उनले भने–‘हरेक नागरिकको बैंकमा खाता हुनु, बाटो बन्नु, विद्युत्मा जनताको लगानी हुनु सरकारको ठूलो उपलब्धि हो ।’

उनले सरकारको बचाउ गर्दै केहीपनि भएन भन्नेहरुलाई ‘आँखा खोलेर हेर्न’ आग्रहसमेत गरे ।

प्रधानमन्त्री ओलीले छिमेकी देश भारत र चीन नेपालको विकासमा सघाउन आतुर रहेको र त्यसका लागि सम्झौताहरुसमेत भइरहेको बताए ।

नेकपा अध्यक्ष ओलीले निर्वाचनकाक्रममा दलहरुबीच तिक्तता रहेपनि अब मुलुकलाई समृद्ध बनाउन एकाकार हुनुपर्ने बताए ।

परिवर्तनका पक्षधर शक्तिहरु एकजुट हुन आवश्यक रहेको नेकपका अध्यक्ष पुष्पकमल दाहालले भनेका छन ।

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूले विकासका लागि प्रस्ताव गरेको नेपाल, चीन र भारतबीचको साझेदारीका लागि अब भारत र चीनले समेत साथ दिन थालेकोमा खुसी लागेको बताए ।

उनले भने–मुलुकको समृद्धिका लागि परिवर्तनका पक्षधर शक्तिहरु एकजुट हुन आवश्यक छ ।’

नेकपाले काठमाडौंको भृकुटीमन्डपमा चियापान कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP