Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

नेपाल पत्रकार महासंघकाे अाठाैं बैठकमा के-के भयाे निर्णय

गाेर्खा

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आठौं पूर्ण बैठक महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा कार्तिक २२ र २३ गते ऐतिहासिक एवम् पर्यटकीय नगरी गोरखामा सम्पन्न भएको छ । महासंघ गोरखा शाखाको आतिथ्यतामा बसेको बैठकले निम्न निर्णयहरु गरेको छ ।

१. श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि पत्रकार महासंघको अगुवाइमा बृहद सञ्चार आन्दोलन गर्ने बैठकले निर्णय गरेको छ । सञ्चारगृहमा कार्यरत सबै पत्रकार, कर्मचारी, कामदारका हात हातमा अनिवार्यरुपमा नियुक्तिपत्र, नियमितरुपमा कम्तीमा पनि न्यूनतम पारिश्रमिक भुक्तानीसहित श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि महासंघ वार कि पारको आन्दोलन गर्नुपर्ने अवस्थामा आइपुगेको छ । यसका लागि महासंघको केन्द्र, प्रदेश र सबै शाखाको नेतृत्वले आ–आफ्नो स्थानबाट दवाव अभियानको नेतृत्व नगरेसम्म श्रमजीवीहरुको अधिकार प्राप्त हुन सक्दैन । अतः केन्द्रको आहन र श्रमजीवी पत्रकार हकहित प्रवद्र्धन समितिको योजनामा महासंघ केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखा÷एशोसियट संस्थाबाट तत्कालै चरणबद्धरूपमा सञ्चार गृहमा अनुगमन र ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहमा तत्काल आन्दोलन उठान गर्नेगरी कार्यक्रम अघि बढाइने निर्णय बैठकले गरेको छ ।

२. प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, पत्रकार आचारसंहिता पालना र पत्रकार महासंघको सदस्यता शुद्धीकरण र सुदृढीकरणका लागि महासंघका अध्यक्षको नेतृत्वमा आगामी माघ महिनामा सातवटै प्रदेशमा विशेष केन्द्रीय अभियान (मिसन) सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

३. राज्यका संघ, प्रदेश र स्थानीय तहले निर्माण गरेका, संसदमा प्रस्तुत गरिसकेका तथा मस्यौदा हुँदै गरेका सञ्चारसम्बन्धी र अन्य कुनै पनि कानूनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने, खुम्च्याउने वा कुनै पनि प्रकारले वाधा, व्यवधान र अवरोध पु¥याउने खालका प्रावधान राखिएमा महासंघले त्यसलाई अस्वीकार गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानून र संरचना निर्माणका पक्षमा पहल गर्नेछ । साथै, सबै तहले निर्माण गर्ने कानूनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोग, संरक्षण र संवद्र्धनका लागि महासंघका केन्द्र, प्रदेश र स्थानीय शाखाहरुले आवश्यक दवावमूलक कार्यक्रम तय गरी पहलकदमी लिइने छ ।

४. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका सवालमा महासंघले विविध कार्यक्रमलाई निरन्तरता दिने छ । यसैगरी सञ्चारमाध्यमबाट प्रवाह हुने समाचार सामग्रीमा हरेक व्यक्तिको गोपनीयताको हकको संरक्षणका साथै मानहानी, राष्ट्रिय सुरक्षा, घृणायुक्त अभिव्यक्ति, असत्य समाचार, धार्मिक दुष्प्रचार, यौनजन्य अश्लीलता वा उच्छृङ्खलता जस्ता विषयमा सञ्चारमाध्यमले अपनाउनुपर्ने सावधानी, पालना गर्नुपर्ने आचारसंहिताका सन्दर्भमा स्थापित मान्यता, अन्तर्राष्ट्रिय अभ्यास र अन्य कानुनी प्रावधानका विषयमा नागरिक समाजसहित सरोकारवाला पक्षसमेतको सहभागितामा सार्वजनिक छलफल तथा सुनुवाई अघि बढाइनेछ ।
५. नेपालको भू–भाग लिपुलेक, कालापानी क्षेत्रलाई हालै भारतद्वारा जारी उसको आधिकारिक नक्सामा गाभेर प्रकाशन गरेको विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा नेपाल सरकारले कुटनीतिक माध्यमद्वारा सो नक्सा संशोधन गराउनेतर्फ पहल गर्न र देशका अन्य क्षेत्रमा रहेका सीमा समस्या तथा विवादहरुलाई राष्ट्रको स्वाधीनता र सार्वभौमिकता कायम हुनेगरी समाधान गर्नसमेत बैठक जोडदार माग गरेको छ ।

६. आगामी मंसिर १४ गते हुने उप–निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र स्वतन्त्र ढंगले सम्पन्न गर्न महासंघले अनुगमन गर्ने बैठकले निर्णय गरेको छ ।

७. नेपाल पत्रकार महासंघको सदस्यता परिचयपत्रको आधारमा सिंहदरबार प्रवेशको सहज व्यवस्था गर्न सरकारसँग बैठकले माग गरेको छ ।

८. ऐतिहासिक, पुरातात्विक एवम् साँस्कृतिक महत्त्वको गोरखा दरवारको पुनर्निर्माण कार्य सुस्त गतिमा भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै अविलम्ब पुनर्निर्माण सम्पन्न गर्न माग गर्दछौँ । साथै वि.सं.२०७२ सालको विनासकारी भूकम्पको केन्द्रविन्दूसमेत रहेको गोरखा जिल्लामा भूकम्पपछिको समग्र पुनर्निर्माणको कामलाई तत्काल सम्पन्न गर्नसमेत यो बैठक माग गर्दछ । यसैगरी गोरखा दरबार, गोरखकाली मन्दिर, गोरखनाथ मन्दिर, मनकामना मन्दिर, मनास्लु संरक्षित क्षेत्र, २०७२ सालको भूकम्पको केन्द्र बारपाकलगायत ऐतिहासिक स्थल एवम् पर्यटकीय सम्पदा रहेको गोरखा जिल्लाको समग्र विकासका लागि यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ । साथै, राष्ट्रिय गौरवको जलाशययुक्त एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाका सबै प्रक्रिया पूरा गरी निर्माण कार्य तत्काल शुरु गर्न बैठक आग्रह गर्दछ ।

९. रेडियो नेपाल सुदूरपश्चिम प्रसारण केन्द्र दिपायललगायत विभिन्न सचारमाध्यमबाट निष्कासित पत्रकारहरुको पुनर्वहालीका लागि कानुनीलगायत अन्य दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

१०. अपांगता भएका पत्रकारहरुको अन्तर्राष्ट्रिय सम्मेलन गर्न पहल गर्ने बैठकले निर्णय गरेको छ ।

११. नेपाल पत्रकार महासंघको आठौँ पूर्ण बैठकको आतिथ्यता गर्ने पत्रकार महासंघ गोरखा शाखा एवम् सहयोग गर्नुहुने सबैमा यो बैठक हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्दछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP