Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

कपिलवस्तुको शिवनगरबाट अत्याधुनिक हतियार बरामद

कपिलवस्तु


कपिलवस्तुको शिवनगरबाट पाँच थान एसएमजी र ३ सय ९० थान गोली बरामद भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले लुकाइछिपाइ राखेको ठूलो परिणामको अत्याधुनिक हतियार बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङले गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगरको सीमा क्षेत्रमा रहेका खाली गोठमा लुकाइछिपाइ राखेका अवस्थामा पाँच थान अत्याधुनिक सर्ट मेसिन गन (एसएमजी), त्यसमा प्रयोग हुने १३ थान म्यागजिन तथा उक्त राइफलमा प्रयोग हुने ३९० थान गोली बरामद गरेको छ ।
प्रदेश प्रहरी कार्यालय दाङबाट विशेष सूचनाको आधारमा प्रदेश ५ प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ तथा इलाका प्रहरी कार्यालय गढवाको संयुक्त गस्ती टोलीले शुक्रबार बेलुकी करिब ६ बजे शिवनगर–१ मा रहेको खाली गोठबाट रातो सुटकेसमा राखिएका उक्त हातहतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।
विप्लव समूहले दाङ र कपिलवस्तुको सीमा हुँदै हातहतियार स्थानान्तरण गर्दैछ भन्ने सूचनाका आधारमा कात्तिक २६ गतेबाट निरन्तरको निगरानी तथा खोजतलासपछि हतियार बरामद गरिएको प्रहरीले बताएको छ । बरामद गरिएका हतियार कहाँ र कुन प्रयोजनका लागि लैजान लागिएको थियो भन्ने यकिन विप्लव समूहले राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।
उपनिर्वाचनको पूर्व सन्ध्यामा यति ठूलो मात्रामा अत्याधुनिक हतियार भेटिनुले सुरक्षा संवेदनशीलतामाथि अझ सतर्क रहन जिम्मेवारी बढेको देखिएको छ। बरामद गरिएका हतियार युद्धकालीन समयमा प्रयोग गरिएका जस्ता देखिए पनि ती अहिले नै यकिन गर्न नसकिने प्रहरीले बताएको छ । घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान शुरु गरिएको पनि प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP