Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

अध्यक्ष यादव नेपाल फर्किने लगतै सरकार छाड्दै समाजवादी

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनमा बिनापरामर्श अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरिदिएपछि समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी ओलीमा सामान्य राजनीतिक संस्कारसमेत नभएको टिप्पणी गर्दै समाजवादी पार्टीले सरकार छाड्ने संकेत दिएको हो ।

आफ्ना अध्यक्ष उपप्रधानमन्त्री उपेन्द्र यादवलाई बिनापरामर्श स्वास्थ्यबाट कानुन मन्त्रालय पुर्‍याइएको र पूर्वसहमतिविपरीत आफूहरुले तीन मन्त्री पाउनुपर्नेमा एकजना हटाइएको भन्दै समाजवादीले अबपनि संविधान संशोधनको विषय अघि नबढे सरकार छाड्ने चेतावनी दिएको हो ।

स्वास्थ्य मन्त्रालयको कामको सिलसिलामा भारत गएका उप्रधानमन्त्री यादव स्वदेश नफर्कंदै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनमा मन्त्रालय परिवर्तन गरिदिएका थिए । समाजवादीले पाएको एक राज्यमन्त्रीलाई पनि हटाइदिएका थिए ।

मन्त्रालय परिवर्तनबाट रुष्ट बनेको समाजवादी पार्टीले अब संविधान संशोधनको विषयलाई जोडतोडका साथ उठाउने र त्यसो नभए सरकार छाडेर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठ अबपनि संविधान संशोधनको विषय अघि नबढे सरकार छाड्ने बताउँछन् ।

ओली नेतृत्वको सरकारलाई दुईतिहाइको बनाउन सरकारमा सहभागी भएको समाजवादी पार्टीभित्र सरकारमा रहने या नरहने विषयमा लामो समयदेखि बहस हुँदै आएको छ ।

नयाँ शक्ति पार्टीसँग एकीकरण भएपछि बसेको पहिलो संघीय परिषद् बैठकले पनि अब संविधान संशोधनको मुद्दा अघि नबढे सरकार छाड्न निर्देशन दिएको थियो । तर, अध्यक्ष यादव सरकार छाड्न तयार भएका थिएनन् ।

प्रधानमन्त्री ओलीले सामान्य राजनीतिक संस्कारसमेत बिर्सिएर राष्ट्रिय सहमति जुटाउनुपर्ने बेला आफूहरुलाई थप चिढ्याउने काम गरेकोमा पनि समाजवादीले असन्तुष्टि जनाएको छ ।

कार्यवहाक अध्यक्ष श्रेष्ठ प्रधानमन्त्री ओलीको कार्यशैलीले राष्ट्रियता मजबुत् बनाउनसमेत कठीन बनेको आरोप लगाउँछन् ।

सरकारमा पुग्ने माध्यमकोरुपमा असन्तुष्टिका मुद्दा उठाउने मधेसी पृष्ठभूमि भएका दलहरु सरकारमा रहँदा खासै मुद्दाको विषयमा गम्भीर बन्दैनन् ।

पछिल्लोपटक समाजवादीको सत्ता आरोहण भएको पनि वर्ष डेढ वर्ष पुग्नै लाग्यो । तर, मुद्दाको विषयमा खासै आवाज उठाएको छैन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP