Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

सिन्धुपाल्चाेक बस दुर्घटना : ज्यान गुमाउनेकाे संख्या १४ पुग्याे, परिचय खुल्न बाँकी

सिन्धुपाल्चोक – सिन्धुपाल्चाेकमा भएकाे बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे छ । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् ।

दोलखाको कालिञ्चाेकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा पल्टिँदा ८ जना महिला, ३ जना पुरुष, २ बालक र एक बालिकाको ज्यान गए पनि उनीहरुको परिचय भने खुलिनसकेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो ।

१२ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि लैजाँदा गर्दा बाटाेमा नै ज्यान गएको हो । घाइतेमध्ये २ जनालाई उपचारका लागि काठमाण्डाै ल्याइएको छ भने बाँकीको खाँडीचौरमा उपचार भइरहेको छ ।

खाँडीचौरमा उपचार भएकालाई पनि काठमाण्डाै ल्याउने तयारी भइरहेको एसपी महर्जनले बताउनुभयो । अहिले पनि उद्धारको काम भइरहेको छ ।

गएको कात्तिकमा पनि सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP