Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

उदयपुर जीप दुर्घटना : ज्यान गुमाउनेकाे संख्या चार पुग्याे, सबै एकै गाउँका

उदयपुर – उदयपुरको पश्चिमी भेग उदयपुरगढी गाउँपालिका ३ जरुवामा बिहीबार बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे छ ।

उदयपुरगढी-३ बाट कटारीतर्फ जाँदै गर्दा जरुवा तामलडाँडास्थित भित्री सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको एसके ०१ पीबी ३०६८ नम्बरको जीपमा सवारमध्ये ३ को घटनास्थलमै र १ को उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार जीप अनियन्त्रित भएर सडकभन्दा २ सय मिटर तल खस्दा उदयपुर गढी-३ स्थायी घर भएर मोरङ शनिश्चरे बस्ने ६१ वर्षीय टीकनारायण श्रेष्ठ, ४७ वर्षीय ढकबहादुर श्रेष्ठ, ४७ वर्षीय मीननारायण श्रेष्ठ र ३५ वर्षीय टीकाराम श्रेष्ठको ज्यान गएको हाे ।

दुर्घटनामा ३ जनाको घटनास्थलमै र टीकारामको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताउनु भयो । सम्बन्धित समाचार

भारतीय नम्बरकाे जीप पल्टिँदा उदयपुरमा ३ जनाको ज्यान गयाे, ५ जना घाइते

मृतक श्रेष्ठ परिवार पुर्ख्याैली गाउँ बर्रेबाट फर्कने क्रममा दुर्घटनामा परेको एसपी मगरले बताउनुभयाे । उहाँका अनुसार मोरङको पथरी शनिश्चरेमा स्थायी बसोबास गर्ने श्रेष्ठ परिवार सिक्किमको जीप भाडामा लिएर गाउँ आएको र आफन्तजनसँग भेटघाटपछि फर्कने क्रममा दुर्घटनामा परेको हो ।

जीपमा रहेका ८ जनामध्ये ४ जनाको मृत्यु भएकाे, दुई जना घाइते भएकाे तथा २ जना सामान्य रहेका प्रहरीले जनाएकाे छ ।

मोरङकाे पथरी शनिश्वरे नगरपालिका ४ बस्ने लक्ष्मीप्रसाद राई, भारतकाे दार्जिलीङ बस्ने २८ वर्षीय पवन राई र भुपाल राईलाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रिफर गिरएकाे छ । घटनास्थल प्रहरी चौकीभन्दा २३ किलोमिटर टाढा रहेकोछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP