Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

दुई वडा पुर्ण खोप घोषण


अनेक पाण्डे
कृष्णनगरभाद्र ०९
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ११ र वडा नं ७ पुर्ण खोप युक्त वडा घोषणा गरिएको छ । पुर्ण खोप युक्त घोषणा कार्यक्रममा प्रमुख अतिथिको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बच्चा जन्मे पछि स्वास्थ्य सेवा प्राप्त गर्न पाउनु उसको अधिकार भएकाले अधिकार प्राप्त गर्न हरेक अभिभावकले दायित्व समेत निर्वाह गर्नु पर्ने बताउंनु भयो ।


शाहले खोपको अभावमा बिभिन्न खालका रोगले आक्रमर्ण गर्न सक्ने भएकाले अब स्वास्थ्य संस्थाले सेवा प्रबाह गर्ने क्रममा जन्म देखि १२ महिना भित्रका सबै बालबालिकाले खोप प्राप्त गरेको बताउनु भयो । उहाले १२ देखि २३ महिना भित्रका सबै बालबालिकालाई खोप लगाएर कृष्णनगर वडा ११ पुर्ण खोप युक्त वडा घोषणा गरिएको शाहले बताउनु भयो ।


त्यस्तै कृष्णनगरका नगरपालिका वडा नं ७ अजिगरामा आयोजित पुर्ण खोप वडा घोषणा कार्यक्रमा स्वास्थ्य सयोजकले मानिस जन्मने हुर्कने, बढने क्रममा स्वस्थ भएर बाँचन पाउनु पर्दछ भन्दै अहिले यस वडामा बसोवास गर्ने लक्ष्ति बालबालिकाले पूर्ण रुपमा खोप पाइसकेको बताउनु भयो । नगरवासीले आफना बालबालिकालाई खोपबाट बन्चित गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम कृष्णनगर नगरपालिका वडा न.११ का वडाध्यक्ष फग्गु मुराउको अध्यक्षता र वडा नं ७ का वडाध्यक्ष राज किसोर यादव अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको अनिल कुमार विश्वकर्मा र प्रकाश यादव ले जानकारि दिएका छन।
नेपाल सरकारको स्वास्थ्य क्षेत्र खोप सेवा अन्तरगत पहिलो प्राथामिकता प्राप्त कार्यक्रम हो । वि..स. २०३४ सालमा विस्तारित खोप सेवा नामबाट प्रारम्भ भै व्यापकता पाएको खोपसेवाले अहिले सम्म आईपुग्दा समय सापेक्ष भएका नीतिगत सुधार सेवाको बिस्तार गरि मानवीय र संस्थागत संरचनामा भएको स्तरउन्नतिले स्वास्थ्य क्षेत्रमा बिगतमा भन्दा सुधार हुँदै बालमृत्यूदरमा कमी आई अपागंतामा सुधार देखिएको छ ।
खोप सेवा कार्यक्रमले सम्पुर्ण बालबालिकाहरुलाई नियमित खोपबाट उपलब्ध भएको सबै खोपसेवा उपलब्ध गराई बालबालिकाको रोग दर, मृत्यूदर, अपागंता दरमा कमी ल्याउनु राष्ट्रिय खोप कार्यक्रमको मुख्य लक्ष्य हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP