Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

संविधान दिवस मनाउनेबारे समाजवादी पार्टी र राजपाबीच मतभिन्नता

काठमाडौं

संघीय सरकारले ३ असोजमा संविधान दिवसलाई भव्य रूपमा मनाउने घोषणा गरेको छ । प्रधानमन्त्री केपी ओलीले संविधान दिवसका दिन घर–घरमा दीपावली गर्न आग्रह गरिसकेका छन् । तर, संविधान दिवस मनाउनेबारे प्रदेश २ सरकारको तयारी सुस्त देखिएको छ । संविधानलाई आलोचनात्मक समर्थन गरेका मधेसवादी दलहरू समाजवादी पार्टी र राजपा नेपालको साझा गठबन्धनको प्रदेश सरकारले आंशिक रूपमा मात्रै संविधान दिवस मनाउने भएको छ । दुवै पार्टीबीच संविधान दिवस मनाउने कि नमनाउने भन्नेमा मतभिन्नता देखिएको छ । प्रदेश सरकारको नेतृत्व गरेको समाजवादी पार्टीले आंशिक रूपमा र सहयात्री दल राजपाले कालो दिवसका रूपमा मनाउने जनाएका छन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संविधान संशोधनको मुद्दामा कुनै प्रगति नभएकाले आंशिक रूपमा मात्रै संविधान दिवस मनाउने बताए । आफ्नो पार्टीले संविधानलाई आलोचनात्मक समर्थन मात्रै गरेको उल्लेख गर्दै सरकारको प्रवक्तासमेत रहेका मन्त्री यादवले भने, ‘संविधानतः प्रदेश सरकार गठन भएकाले संविधानमा रहेका राम्रा विषयलाई संस्थागत गर्नु आवश्यक छ, त्यसैले सरकारले संविधान दिवस मनाउने निर्णय गरेको छ । तर, संविधान संशोधनको मुद्दामा अझै कुनै प्रगति नभएकाले जुन उत्साह र उमंगले दिवस मनाउने हो त्यसमा भन्ने कमी आउनु स्वाभाविक हो ।’ उनले संविधानलाई आफ्नो पार्टीले विरोध नगरेको बताए । ‘त्यसमा रहेका कमीकमजोरीलाई सच्याउन संविधान संशोधनको कुरा उठाएका छौँ, जबसम्म ती सच्याइँदैन, तबसम्म संविधान दिवस उत्साहपूर्ण वातावरण मनाउन सकिन्न,’ उनले भने ।

यस्तो छ सरकारको कार्यक्रम
प्रदेश सरकारले यस वर्ष तीन दिन संविधान दिवस मनाउने निर्णय गरेको छ । मंगलबार मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको अध्यक्ष बसेको बैठकले २ देखि ४ असोजसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको हो । संविधान दिवस मनाउन मुख्यमन्त्री राउतको अध्यक्षतामा प्रदेशस्तरीय संविधान दिवस मूल समाहरोह समितिसमेत गठन गरिएको सचिव खत्रीले बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त प्रमुख सचिव कोमलकान्त खत्रीले २ असोजमा जनकपुरको जिरोमाइल क्षेत्रमा सरसफाइ, ३ गते बिहान जानकी मन्दिरबाट प्रभातफेरी र ४ गते बिहान मधेस भवनमा सरसफाइ तथा वृक्षरोपण, दिउँसो कभर्डहल क्षेत्रमा वृक्षरोपणको कार्यक्रम तय भएको उनले बताए ।

राष्ट्रिय जनता पार्टीले संविधान संशोधनको मुद्दा सम्बोधन नभएको भन्दै ३ असोजलाई विरोध दिवसका रूपमा मनाउने भएको छ । संघीय सरकारले ३ असोजलाई ‘संविधान दिवस’का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको छ । राजपा अध्यक्षमण्डलको मंगलबारको बैठकले विगतमा जस्तै यस वर्ष पनि संविधान जारी भएको दिनलाई ‘कालो दिवस’ का रूपमा मनाउने निर्णय गरेको अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले जानकारी दिए । राजपाले संविधान जारी भएको वर्ष २०७२ देखि नै ३ असोजलाई विरोध दिवसका रूपमा मनाउँदै आएको छ ।

बैठकले मुलुकको गौरवका रूपमा रहेको बाराको निजगढमा बन्न लागेको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि नाम, बहाना र कारण देखाएर अन्यत्र वा अन्यथा गर्ने चर्चा परिचर्चाप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । बैठकपछि अध्यक्षमण्डलका संयोजक यादवद्वारा जारी विज्ञप्तिमा विमानस्थल निजगढमै निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख छ । राजपाले विमानस्थल निर्माणमा प्रदेश सरकारसँग समन्वय गर्न आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP