Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

राष्ट्रियका सभाका सांसद भन्छन्- सदाचार सबै निकायमा कायम हुनुपर्छ


काठमाडौं : राष्ट्रियसभा सदस्यहरुले राज्यका सबै निकायहरुमा सदाचार कायम हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुशासनको प्रवद्र्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा भएको छलफलमा बोल्दै राष्ट्रियसभा सदस्यहरुले राज्यका सबै निकायमा सदाचार कायम हुनुपर्नेमा जोड दिएका हुन्।

सदस्यहरुले सदाचार नीति आवश्यक भएको बताएका छन्। तर नीति ल्याएर मात्रै नहुने भन्दै त्यसको कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ। बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले सदाचार नीति बनाएर लागू गर्न सरकारलाई आग्रह गरे।

उनले स्वेच्छिक, स्वघोषित व्यवहारमा कार्यान्वयन गर्न गरिएको नैतिक अठोट नै सदाचार भएको भन्दै संविधान र कानुनभन्दा यसको नैतिक मूल्य महङ्गो हुने बताए। उनले राजनीतिक नेतृत्व र कर्मचारीलाई अनुशासित, शतर्क र जवाफदेही बनाउनका लागि निश्चित विधि बनाउनुपर्ने बताए।

उनले भने ‘सदाचार एउटा यस्तो नैतिक मान्यता हो। जो व्यवहारमा प्रकट हुनुपर्छ। त्यो मुखले भनेर हुँदैन। त्यो मान्छे कति सदाचारी छ भन्ने कुरा उसको व्यवहारबाट थाहा हुन्छ। उसको व्यवहारमा प्रकट हुन्छ। यो विधान वा कानुन होइन। स्वेच्छिक, स्वघोषित व्यवहारमा कार्यान्वयन गर्न गरिएको नैतिक अठोट हो सदाचार भनेको। संविधान र कानून भन्दापनि यसको नैतिक मूल्य महङ्गो हुन्छ। सदाचार नीति धेरै ठूलो बनाउनु पनि जरुरी छैन। धेरै व्याख्यात्मक पनि जरुरी छैन। राजनीतिक नेतृत्व र कर्मचारीलाई अनुशासित, सर्तक र जवाफदेही बनाउनका लागि निश्चित विधि बनाउनुपर्छ सरकारले।’

राष्ट्रियसभा सदस्य उर्मिला अर्यालले सदाचार कायम गर्न सरकार जिम्मेवार भएको धारणा व्‍यक्त गरे। उनले नेता र नेतृत्वले सही सोच राखेर काम गर्नुपर्ने भन्दै कर्मचारीलाई दोष दिएर नहुने बताइन्।

उनले भनिन्, ‘मूल समस्या सदाचार भने पनि जे भने पनि यदि सरकारले म अभिभावक हुँ सम्पूर्ण जनता मेरो हुन् म केही हुन दिन्न भन्ने खालको सरकारले अठोट गरिदियो भने म कर्मचारीलाई केही भन्नै चाहन्न। मूल नेता र नेतृत्व हुन्। नेता र नेतृत्वले सही सोच राखेर काम गर्नुपर्‍यो।’

राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले राजनीतिक क्षेत्रमा राजनीतिक इमान्दारिता र नैतिकता चाहिने भन्दै पार्टीहरुमा त्यो भए÷नभएको मूल्याङ्कन गर्नुपर्ने बताए। उनले आचरणको हिसावले नेपाली समाज धेरै पछाडि परेको बताए।

उनले भने ‘सदाचार जीवनको हर कालखण्डमा लागू हुन्छ। पार्टीभित्र लागू हुन्छ। सरकारमा लागू हुन्छ। विभिन्न मन्त्रालयमा लागू हुन्छन्। राजनीतिक क्षेत्रमा पनि न्यूनतम राजनीतिक इमान्दारिता र नैतिकता चाहिन्छ। हामी पार्टीहरुको बिचमा त्यो छ कि छैन?’

राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले सरकारले गरेका कामहरु सदाचारी हुन् कि होइनन् भनेर प्रश्न उठाए। उनले सूचनाको हक नदिएर संविधान उल्लंघन गरेको कसुरमा जरिवाना तिरेका व्यक्तिले राजनीतिक नियुक्ति पाएको उल्लेख गर्दै यो सदाचार नीतिभित्र पर्छ कि पर्दैन? भनेर प्रश्न गरे।

राष्ट्रियसभा सदस्य वामदेव गौतमले राज्यले सदाचार लागू गर्ने भए कानून बनाएर लागू गर्नुपर्ने बताए। उनले नीतिद्वारा सदाचार लागू नहुने धारणा व्‍यक्त गरे। नीति ठोस नहुने भन्दै सदाचार कानून बनाएर ठोस रुपमा लागू गर्नुपर्नेमा उनको जोड छ।

उनले भने ‘सदाचार भनेको राम्रो आचरण गर्ने भनेको हो। यति शब्दको अर्थ लगाइदिने बित्तिकै पनि धेरै स्पष्ट हुन्छ। यो सदाचार साँच्चिकै राज्यको तर्फबाट जारी गर्नुपर्ने हो भने कानून बनाएर लागू गर्नुस्। राज्यले कानुनद्वारा लागू गर्नुपर्छ। नीतिद्वारा लागू गर्ने होइन। नीति धेरै ठोस हुँदैन। सदाचार त आचारणसँग सम्बन्धित हो। सदाचार राम्रो आचरण हो त्यो राम्रो आचरण कहाँबाट शुरु गर्ने?’

राष्ट्रियसभा सदस्यहरुले नेपालमा नीति धेरै भएको भन्दै नीतिहरुको कार्यान्वयन भने हुन नसकेको बताए। नीतिहरुलाई कार्यान्वयन गर्नुपर्नेमा सबैको जोड रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP