Trending
flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

विजयनगरमा डेङ्गु तथा किटजन्य रोगहरु नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न

सुनिता थारु
विजयनगर, १८ मंसिर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा डेङ्गु तथा किटजन्य रोगहरु नियन्त्रण सम्बन्धी सरोकारवाला निकायहरुसँग अन्तरक्रिया तथा अभिमुखीकरण सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिकाको सभाहल खडैचामा डेङ्गु तथा किटजन्य रोगहरु नियन्त्रण सम्बन्धी सरोकारवाला निकायहरुसँग अन्तरक्रिया तथा अभिमुखिकरण गरिएको हो ।

मंगलबार स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, प्रहरी, सञ्चारकर्मी लगायतको सरोकारवालासँग अन्तरक्रिया तथा अभिमुखीकरण गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए । उनले डेङ्गु तथा किटजन्य रोगहरु नियन्त्रण गर्नका लागि सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकालाई पूर्ण सरसफाई उन्मुख बनाउन अभियानकै रुपमा लागेको बताएका छन् । उनले गाउँटोल सफा बनाउन आ–आफ्नो ठाउँबाट लाग्नुको साथै समुदायमा जनचेतना जगाउनु पर्नेमा जोड दिए । यसै क्रममा गाउँपालिकाले स्वास्थ्य बिमा बोर्डसँग बिमितलाई आधा रकम तिर्ने सम्झौता गरेको हुँदा सम्पूर्णलाई अनिवार्य रुपमा स्वास्थ्य बिमा गर्न अध्यक्ष थापाले अनुरोध समेत गरे ।

कार्यक्रमलाई अस्थायी प्रहरी पोष्ट खडैचाका प्रहरी सहायक निरिक्षक तोक बहादुर बस्नेत, रेडियो विजयनगरका स्टेशन प्रमुख राम प्रघट कोरी लगायतले सम्बोधन गरेका थिए । अन्तरक्रिया तथा अभिमुखिकरणलाई स्वास्थ्य चौकी गणेशपुरका प्रमुख गौतम रायले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP