Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

विजयनगरमा डेङ्गु तथा किटजन्य रोगहरु नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न

सुनिता थारु
विजयनगर, १८ मंसिर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा डेङ्गु तथा किटजन्य रोगहरु नियन्त्रण सम्बन्धी सरोकारवाला निकायहरुसँग अन्तरक्रिया तथा अभिमुखीकरण सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिकाको सभाहल खडैचामा डेङ्गु तथा किटजन्य रोगहरु नियन्त्रण सम्बन्धी सरोकारवाला निकायहरुसँग अन्तरक्रिया तथा अभिमुखिकरण गरिएको हो ।

मंगलबार स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, प्रहरी, सञ्चारकर्मी लगायतको सरोकारवालासँग अन्तरक्रिया तथा अभिमुखीकरण गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए । उनले डेङ्गु तथा किटजन्य रोगहरु नियन्त्रण गर्नका लागि सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकालाई पूर्ण सरसफाई उन्मुख बनाउन अभियानकै रुपमा लागेको बताएका छन् । उनले गाउँटोल सफा बनाउन आ–आफ्नो ठाउँबाट लाग्नुको साथै समुदायमा जनचेतना जगाउनु पर्नेमा जोड दिए । यसै क्रममा गाउँपालिकाले स्वास्थ्य बिमा बोर्डसँग बिमितलाई आधा रकम तिर्ने सम्झौता गरेको हुँदा सम्पूर्णलाई अनिवार्य रुपमा स्वास्थ्य बिमा गर्न अध्यक्ष थापाले अनुरोध समेत गरे ।

कार्यक्रमलाई अस्थायी प्रहरी पोष्ट खडैचाका प्रहरी सहायक निरिक्षक तोक बहादुर बस्नेत, रेडियो विजयनगरका स्टेशन प्रमुख राम प्रघट कोरी लगायतले सम्बोधन गरेका थिए । अन्तरक्रिया तथा अभिमुखिकरणलाई स्वास्थ्य चौकी गणेशपुरका प्रमुख गौतम रायले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP