Trending
flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छ : मन्त्री पाण्डे

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले ल्याएको अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको बताएका छन्।

शनिवार बागलुङमा इला कम्फोर्ट होटलको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले निजी क्षेत्रलाई आकर्षित नगरी देश बन्न नसक्ने बताउँदै उहाँले पुँजीपतिहरूलाई गलत भाष्यद्वारा नराम्रो बनाइएको बताए। धनी मानिसलाई लगानी गर्नका लागि वातावरण दिनुपर्ने र सरकारले अहिले लगानी सहजताका लागि काम गरिरहेको बताए।

मन्त्री पाण्डेले काँग्रेस र एमाले दुई ठूला एक ठाउँमा आएका वेला लगानी ढुक्क भएर गर्न आग्रह गरे। अस्थिर राजनीतिका कारण धेरै पछौटेपन भोग्नुपरेकाले मजबुत सहकार्य गरेर अघि बढिरहेको बताए। सरकार सुशासनको प्रत्याभूति दिने, राजनीतिक स्थिरता, लगानी भित्र्याउने वातावरण बनाउने दिशामा अघि बढिरहेको बताए।

मन्त्री पाण्डेले भने, ‘अध्यादेशले लगानीको वातावरणलाई सहज बनाउनेछ। निजी क्षेत्रलाई हामीले आकर्षित नगरीकन कुनै उपाय छैन। हाम्रो देशको गलत भाष्य भनेको, लगानीकर्ता भनेको, पुँजीपति भनेको पुँजी लगानीका लागि हिम्मत, आँट र प्रयत्न गर्नेहरूकाप्रति केही नकारात्मक भाष्य बनेको थियो, यसलाई हामी चिर्दै जानेछौँ। धनी मानिसलाई लगानी गर्नका लागि वातावरण दिनुपर्छ। दियो भने मात्रै त्यो देश धनी हुन्छ। धनीलाई पुँजी लगानी गर्ने वातावरण दिने हो।’

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सांसद जीवन परियारले अहिले सरकारले ल्याएका अध्यादेश निजी क्षेत्रलाई प्रवर्धन गर्ने गरी आएको बताए। उनले उद्यम व्यवसायलाई सरकारले सफल बनाउने गरी अध्यादेश ल्याएको बताए।

बागलुङमा सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी करिडोर तथा मध्य पहाडी लोकमार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुने आइएमई ग्रुपको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP