Trending
समाज काठमाडौँ विश्वको सर्वाधिक प्रदूषित शहर शिक्षा शिक्षामा सुधार नगर्ने सरकार, समृद्धिका टुक्का सुनेर बाँच्ने जनता! राजनीति रविको चेतावनी : पालो सबैको आउँछ, मैले जसरी नै जाँच अरूले पनि दिनुपर्छ राजनीति नेपालमा राजसंस्था पुनःस्थापना गर्न भारतले उचालेको हल्ला झुटो हो : शेरबहादुर देउवा राजनीति रारा घुम्न आउने पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी समाज फोनिजको अध्यक्षमा लक्कीको उम्मेदवारी घोषणा समाज विद्यालय शिक्षा ऐन जारी गर्न विशेष अधिवेशन बोलाऔँ : माओवादी राजनीति नीलमले पाइन् कायममुकायम गभर्नरको जिम्मेवारी अन्तर्राष्ट्रिय गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा प्रदर्शन अन्तर्राष्ट्रिय अमेरिकी कर नीतिले एसियाली देशको शेयर बजारमा भारी गिरावट

अमेरिकी कर नीतिले एसियाली देशको शेयर बजारमा भारी गिरावट

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको नयाँ कर नीतिले एसियाली शेयर बजारमा ठूलो धक्का पुगेको छ।

ट्रम्पले गत हप्ता घोषणा गरेको रेसिप्रोकल ट्यारिफ नाम दिइएको नयाँ कर नीतिले एसियाका सबैजसो ठूला बैंक, वित्तिय संस्था तथा उद्योगहरुको शेयर मूल्यमा भारी गिरावट आएको हो। बीबीसीका अनुसार जापानको शेयर बजार निकेई–२२५ छ दशमलब ४३ प्रतिशतले झरेको छ। यस्तै हङकङको शेयर बजार ९ दशमलब ८, चीनको सांघाई कम्पोजिट ६.६ तथा अस्ट्रेलियाको एएसएक्स–२०० चार दशमलब ५ प्रतिशतले ओरालो लागेको छ।

यस्तै दक्षिण कोरियाको शेयर बजार कोस्पी ४ दशमलब ४, ताइवानको शेयर बजार ताइएक्स ९ दशमलब ६ तथा सिंगापुरको एसटीआई ७ दशमलब १ प्रतिशतले ओरालो लागेको छ।

शेयर बजार ठूलो अंकले झर्न थालेपछि आफ्ना उत्पादन विश्व बजारमा निर्यात गर्दै आएका एसियाली देशका मोटर उत्पादक तथा अन्य कम्पनी अचानक घाटातर्फ लागेका छन्। तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफ्नो कर नीतिले विश्वव्यापी प्रभाव राम्रो परेको दाबी गनरेका छन्।

पछिल्लोपटक प्रतिक्रिया दिँदै ट्रम्पले नयाँ कर नीतिले अमेरिका नाफातर्फ गइरहेको भन्दै यसलाई सुन्दर कुरा भनेका छन्। उनले मित्र राष्ट्रहरु आफ्नो कर नीतिमा मिलेर काम गर्न आतुर रहेको समेत ट्रम्पको दाबी छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP