मुगु : कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल तथा नेपालकै सबैभन्दा ठूलो ताल रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षार्थका लागि पर्यटक प्रहरी स्थापाना गरीएको छ।
रारा क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्याटकहरुको सुरक्षाका लागि नेपाल सरकारले ताल्चा विमानस्थलनजिक रारा जाने मूल बाटोमा अस्थायी पर्यटक प्रहरी पोस्ट स्थापना गरिएको हो।
सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी पर्यटक प्रहरी पोष्ट स्थापनाको उद्घाटन गर्दै छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले गरे। प्रमुख अतिथिसमेत रहेका उनले रारालगायत मुगुमा रहेका धार्मिक तथा प्राकृतिक अन्य पर्यटकीय क्षेत्रहरुमा घुम्न आउने पर्यटकहरुको संख्या दिन प्रतिदिन बढिरहेकाले पर्यटकहरुको घुमाइ सुरक्षित र आनन्ददायी बनाउन जिल्लामै पहिलो पर्यटक प्रहरी पोष्ट स्थापना भएको बताए।
रारा विमानस्थलनजिक अहिले अस्थायी पोस्ट स्थापना भए पनि निकट भविष्यमै रारानजिक सल्लेरीमा स्थायी पोस्ट स्थापना गरिने नगर उपप्रमुख ऐश्वर्या मल्लले बताइन्। उनले भनिन्, ‘सल्लेरीमा भवन तथा अन्य भौतिक संरचना बनाउन नगरपालिकाले सार्वजनिक जग्गा प्राप्तिका लागि प्रकृया अघि बढाएको छ। नेपाल सरकार वन मन्त्रालयबाट जग्गा प्राप्ति स्वीकृत हुना साथ भौतिक संरचना बनाई स्थायी रूपमै सल्लेरीमा पर्यटक प्रहरी पोष्ट स्थापना गरिनेछ।’
हाल देशभरी २९ वटा पर्यटक प्रहरी युनिटहरु रहे पनि कर्णाली प्रदेशभर कतै पनि पर्यटक प्रहरी थिएन। ३०औँ युनिट स्थापना भएसँगै कर्णालीमा पनि पर्यटक प्रहरी पुगेको छ।
आफूहरूको काम आन्तरिक तथा बाह्य पर्यटकहरूको सुरक्षा, आपराधिक क्रियाकलाप रोक्ने र पर्यटकहरूलाई गाइड गर्ने जस्ता हुने पर्यटक प्रहरी पोष्ट राराका सहायक प्रहरी निरीक्षक सन्जु कुमार विश्वकर्माले बताए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया