Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

१२ को परीक्षामा हामी सहभागी हुँदैनौँ : कर्मचारी युनियन

काठमाडौँ : निजामती कर्मचारी ट्रेड युनियनले कक्षा-१२ को परीक्षा सञ्चालनमा सहभागी गराउन खोजिएको भन्दै असन्तुष्टि जनाएको छ। आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा युनियनका नेताहरूले असन्तुष्टि जनाएका हुन्।

समितिका सभापति रामहरि खतिवडाका अनुसार बैठकमा युनियनका अध्यक्ष लगायत अन्य नेताहरूले आफूहरूलाई कक्षा १२ को परीक्षामा सहभागी गराउन नमिल्ने बताएका छन्।

उनले भने, ‘युनियनका केही मान्छेले कक्षा १२ को परीक्षामा सहभागी गराउन खोजिएको भन्दै यसमा असन्तुष्टि जनाउनु भएको छ। बैठकमा बोल्न त पाइन्छ, उहाँहरूले यही बोल्दै सहभागी नगराउन माग पनि गर्नुभएकाे छ।’

राष्ट्रिय परीक्षा बोर्डले आज बिहान मात्रै बैठक बसेर निजामती कर्मचारीहरूलाई सहभागी भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो तर उनीहरू सहभागी नहुने भएका छन्।

नेपाल शिक्षक महासंघले केही बेरअघि विज्ञप्ति जारी गर्दै शिक्षकहरू उक्त परीक्षामा सहभागी नहुने जनाएको छ। सरकार र महासंघकै टसलका कारण कक्षा १२ को परीक्षा भने अन्योलमा परेको छ। परीक्षार्थी र अभिभावकहरू चिन्तित बनेका छन्। बोर्डले यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने समय ताेकेकाे छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP