Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

नेपालले बधाई तथा शुभकामना सन्देश जापान पठायो


टोकियो, जापान

नेपालका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले जापानका नवनियुक्त बिदेश मन्त्री तोसिमिचु मोतेगीलाई बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले जापानी समकक्षी मोतेगीलाई पठाउनुभएको बधाई तथा शुभकामना सन्देश जापानी बिदेश मन्त्रालयमा पठाईएको नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिनुभयो ।

बधाई तथा शुभकामना सन्देशमा नेपाल र जापानबिच सन् १९५६ बाट सुरु भएको कुटनीतिक सम्वन्ध सँधै सौहार्द र मित्रवत रहँदै आएको उल्लेख गरिएको छ ।

जापानका नवनियुक्त बिदेश मन्त्री मोतेगीको कार्यकालमा नेपाल र जापानबिचको द्धिपक्षिय सम्बन्ध थप विस्तार र मझबुत हुने अपेक्षा परराष्ट्रमन्त्री ज्ञवालीले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।

मन्त्री ज्ञवालीले गत नोभेम्वर १८ तारिखमा आफुले जापान भ्रमण गरेको प्रसंग उल्लेख गर्दै तत्कालिन समकक्षी तारो कोनोले जनवरी १९ मा नेपाल भ्रमणमा रहँदा द्धिपक्षिय सम्वन्धका विविध पक्षमा छलफल भएको उल्लेख गर्नुभएको छ ।

बधाई सन्देशमा मन्त्री ज्ञवालीले कार्यकाल सफलताको कामना गर्दै आगामी दिनमा नेपाल र जापानबिचको सम्वन्ध थप सबल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले बधाई तथा शुभकामना सन्देशमा नवनियुक्त जापानी बिदेश मन्त्री तोसिमिचु मोतेगीलाई नेपालमा स्वागत गर्न आतुर रहेको उल्लेख गर्नुभएको नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP