Trending
राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ? राजनीति प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान समाज भूमि बैंक र उद्योग निजीकरणविरुद्ध किसान आन्दोलनको चेतावनी स्वास्थ्य आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी समाज मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर राजनीति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित राजनीति सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई राजनीति मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह स्वास्थ्य वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : मन्त्री पौडेल

प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट



ललितपर : ललितपुर महानगरपालिका-२५ नक्खु खेला किनारमा जस्ताका टहरा बनाएर बसोवास गर्ने केही व्यक्तिहरूले अवैध रूपमा उत्पादन गरी बिक्री गर्दै आएको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ।

नख्खु खोलास्थित पुरुषोत्तम तुलाधारको जग्गा भाडामा लिई अवैध मदिरा उत्पादन हुँदै आएको सूचनाका आधारमा प्रहरी प्रभाग भैँसेपाटी बुङ्मतीका इञ्चार्जको नेतृत्वमा गएको प्रहरी टोलीले खानतलासी गर्दा ठूलो मात्रामा अवैध घरेलु मदिरा फेला पारेको थियो।

मङ्गलबार गरिएको खानतलासीका क्रममा करिब एक सय लिटर अवैध घरेलु मदिरा र एक हजार २७० भन्दा बढी कच्चा पदार्थ नष्ट गरिएको प्रहरी प्रभागका इन्चार्ज एवं प्रहरी निरीक्षक शशीधर शर्माले आज जानकारी दिए। उनका अनुसार प्रहरी टोलीले नियन्त्रणमा लिएको अवैध मदिरा र कच्चा पदार्थ जेसिबीको सहायताले खाल्टो खनेर पुरिएको छ।

अखाद्य पदार्थबाट उत्पादित मदिरा सेवनबाट मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै गैरकानुनी कार्य भएकाले त्यस्ता पदार्थ नष्ट गर्नुपरेको प्रहरी निरीक्षक शर्माले स्पष्ट पारे। उनका अनुसार काभ्रेपलाञ्चोक स्थायी घर भई हाल नख्खुमा बसेर घरेलु मदिरा उत्पादन र बिक्रीमा संलग्न हुँदै आएकी रविना तमाङसहित अन्यलाई गैरकानुनी गतिविधिमा नलाग्न सचेत गराइएको छ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोल’ मा शान्ति सुरक्षाको प्रत्याभूति दिलाएर सौहार्दता कायम गर्न आफूहरू खटिरहेको उल्लेख गर्दै प्रहरी निरीक्षक शर्माले समाजमा अशान्ति निम्त्याउने गतिविधिलाई रोक्ने प्रतिबद्धता व्यक्त गरे

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP