Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

कपिलवस्तुमा १ सय ३७ ट्याब्लेट नाइट्रोभेटसहित २ जना पक्राउ



पुनहरी घिमिरे, कपिलवस्तु, — कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटा चोकबाट प्रहरीले नियन्त्रित लागूऔषध नाइट्राभेटसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट गाउँपालिका–१ खलङ्गाका २४ वर्षीय नबिन नेपाली र रूकुम पूर्व सिस्ने गाउँपालिका–५ कमलदहका १९ वर्षीय शिसिर गौतम रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी सुजन शाहले बताउनु भयो । उनीहरूलाई चन्द्रौटा चोकमा शंका लागेपछि जाँच गर्दा नाइट्राभेट १३७ ट्याब्लेट बरामद भएको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । नियन्त्रणमा लिइएको लागूऔषध बिना डाक्टरी सिफारिस वा अनुमति बिक्री–वितरण तथा सेवन गर्न नपाइने संवेदनशील श्रेणीमा पर्छ ।

पछिल्लो समय चन्द्रौटा क्षेत्र लागुऔषध कारोबार र सेवनको केन्द्र बन्दै गएकाले प्रहरीले निगरानी बढाएको जनाएको छ । पक्राउ परेका दुबै जनाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP