Trending
flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

कपिलवस्तुमा १ सय ३७ ट्याब्लेट नाइट्रोभेटसहित २ जना पक्राउ



पुनहरी घिमिरे, कपिलवस्तु, — कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटा चोकबाट प्रहरीले नियन्त्रित लागूऔषध नाइट्राभेटसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट गाउँपालिका–१ खलङ्गाका २४ वर्षीय नबिन नेपाली र रूकुम पूर्व सिस्ने गाउँपालिका–५ कमलदहका १९ वर्षीय शिसिर गौतम रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी सुजन शाहले बताउनु भयो । उनीहरूलाई चन्द्रौटा चोकमा शंका लागेपछि जाँच गर्दा नाइट्राभेट १३७ ट्याब्लेट बरामद भएको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । नियन्त्रणमा लिइएको लागूऔषध बिना डाक्टरी सिफारिस वा अनुमति बिक्री–वितरण तथा सेवन गर्न नपाइने संवेदनशील श्रेणीमा पर्छ ।

पछिल्लो समय चन्द्रौटा क्षेत्र लागुऔषध कारोबार र सेवनको केन्द्र बन्दै गएकाले प्रहरीले निगरानी बढाएको जनाएको छ । पक्राउ परेका दुबै जनाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP