Trending
flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

युक्रेनको मन्त्रीपरिषद्‍को भवनसहित मुख्य सरकारी भवनमा रुसको आक्रमण

रसियाले युक्रेनको मन्त्रिपरिषद भवनसहित मुख्य सरकारी भवनहरुमा रसियाले हमला गरेको छ। साथै कतिपय आवशीय भवनमा समेत ड्रोन र मसियालहरु खस्दा १७ भन्दा बढी घाइते भएका छन् भने २ जनाको मृत्यु भएको जनाइएको छ।

युक्रेनकी प्रधानमन्त्री युलिया स्विरीडेन्कोले आज बिहान किभस्थित मन्त्रिपरिषद् भवन रुसको आक्रमणमा क्षतिग्रस्त भएको पुष्टि गरेकी छिन्। रसिया-युक्रेन युद्ध सुरु भएयता पहिलो पटक सो भवनमा आक्रमण भएको हो। वायु सेनाका अनुसार, पछिल्लो आक्रमणमा रुसले रेकर्ड संख्यामा मिसाइल र ड्रोन प्रक्षेपण गरेको थियो।

यो आक्रमणमा ठुलो मात्रामा मिसायल र ड्रोनहरुको प्रहार भएङ्का थिए। जसमा वायु सेनाले दिएको विवरणअनुसार, ९ वटा मिसाइल र ५६ वटा ड्रोन ३७ ठाउँमा लागेका थिए, र खसेका टुक्रा ८ ठाउँमा परेको जनाइएको छ।

प्रधानमन्त्रीका अनुसार मन्त्रिपरिषद् भवनको छाना र माथिल्ला तला क्षतिग्रस्त भएको जानकारी दिएकी छिन्। उनले शत्रुले दैनिक रूपमा हाम्रो जनतालाई आतंकित बनाइरहेको बताइन्। साधारणतया, किभको केन्द्रमै मिसाइल वा ड्रोन प्रहार हुनु निकै दुर्लभ मानिएको छ किनकी त्यहाँ वायु-प्रतिरक्षा प्रणालीको बलियो उपस्थिति देखाइएको छ। तर यसपालि, ती रक्षा प्रणालीहरू निस्प्रभावि बनाउँदै रसियाले हमला गरेको छ।

राजधानीलाई लक्ष्य बनाउँदा धुवाँ र विस्फोट देखिएको थियो। शहरका अन्य भागमा पनि आक्रमण भएको छ, जहाँ धेरैतले आवासीय भवनहरूमा ठोक्किएर केही अंश भत्किएका छन्। यी आक्रमणहरू त्यतिबेला भएका हुन् जब राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशलाई चेतावनी दिँदै युद्धविराम भएपछि समेत युक्रेनमा शान्ति सेनाका नामाम कुनैपनि पश्चिमा सेनाको सुरक्षा स्विकार नगर्ने र नपठाउन चेतावनी दिएको केही समयमै भएका हुन्। वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP