Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या

काठमाडौं : सर्लाहीको पूर्वाधार विकास कार्यालयमा कार्यरत इन्जिनियर प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छआइतबार राति सर्लाहीको मलंगवा नगरपालिका– १० मा यादवमाथि गोली प्रहार गरिएको थियो। गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइए पनि उपचार सम्भव नभएपछि चिकित्सकले मृत घोषणा गरेका हुन्।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामप्रकाश साहका अनुसार यादवको छातीमा गोली लागेको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।सिराहा निवासी यादव कार्यालयनजिकै मलंगवा– १० मा डेरा गरी बस्दै आएका थिए। यादवकी श्रीमती पुनमकुमारी यादवका अनुसार कोठामै रहेका बेला कसैले बाहिर बोलाएको र घरको गेटबाहिर पुग्नेबित्तिकै अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेका थिए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP