घनश्याम भर
(विजयनगर) कपिलवस्तु, ११ असार ।
कपिलवस्तुको विजयनगर गाउँपालिका-४ बुद्धनगर-भूपूमा बाख्रा पालन कृषि समूहका उद्यमीलाई गाउँपालिकाले ८० प्रतिशत अनुदानमा विभिन्न सामग्री वितरण गरेको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यमीहरूको स्तरोन्नतिका लागि २१ जनालाई जाली, डेक्ची, परात, जस्तापाता तथा पाइप वितरण गरिएको उद्यम विकास सहजकर्ता शितल सुनारले जानकारी दिइन् । उद्यमीहरूको आवश्यकता पहिचानका आधारमा सञ्चालन गरिएको पुनर्ताजगी तथा एडभान्स सीप विकास कार्यक्रममार्फत उक्त सामग्री वितरण गरिएको हो ।
सामग्री वितरण कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष तिलकराम कँडेलले उद्यमशीलता प्रवर्द्धन तथा आयआर्जन वृद्धि गर्न गाउँपालिकाले विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
उद्यमीहरूको व्यवसायलाई थप व्यवस्थित, उत्पादनमुखी तथा आयआर्जनमा टेवा पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए । उनले प्राप्त सामग्रीको सदुपयोग गरी व्यवसायलाई थप विस्तार गर्न उद्यमीहरूलाई आग्रह गरे ।
यस्तै राजश्व शाखाका अनिल सापकोटाले उद्यमीहरूको वास्तविक आवश्यकता र व्यवसायको प्रकृतिलाई आधार मानी सामग्री वितरण गरिएको उल्लेख गर्दै प्राप्त सामग्रीको प्रभावकारी उपयोगले उत्पादन वृद्धि र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
गाउँपालिकाले उद्यमशीलता विकासमार्फत स्थानीय नागरिकको आर्थिक अवस्था सुदृढ बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया