घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १४ असार ।
कपिलवस्तुको विजयनगर गाउँपालिका-५ बघमरवामा व्यावसायिक तरकारी उत्पादन सम्बन्धी १ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको तरकारी उत्पादन सम्बन्धी तालिममा २६ जना स्थानीय महिलालाई प्रशिक्षण प्रदान गरिएको हो ।
उनीहरूलाई व्यावसायिक तरकारी खेतीका लागि आवश्यक ज्ञान, सीप तथा प्रविधिबारे प्रशिक्षण प्रदान गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रेनु पाण्डेले जानकारी दिइन् । उनका अनुसार तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न तथा कृषि व्यवसायमार्फत आयआर्जन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउन यस्ता सीपमूलक कार्यक्रम प्रभावकारी हुने बताइन् । उनले महिलाहरूले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर उत्पादन र आम्दानी वृद्धि गर्नुपर्नेमा जोड दिइन् ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले स्थानीय स्रोत र साधनको उपयोग गर्दै व्यावसायिक तरकारी उत्पादनलाई विस्तार गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा ५ नम्बरका वडा अध्यक्ष अनवर मोहम्मद मुसलमानले कृषि क्षेत्र गाउँको आर्थिक समृद्धिको प्रमुख आधार भएकाले किसान तथा महिलाहरूलाई लक्षित गरी यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गरिएको बताए । उनले तालिमबाट सिकेका ज्ञान र प्रविधिलाई व्यवहारमा लागू गरी उत्पादन वृद्धि गर्न सहभागीहरूलाई आग्रह गरे ।
त्यस्तै ७ नम्बरका वडा अध्यक्ष दिनेश कुमार चौधरीले महिलाको आर्थिक सशक्तीकरणका लागि सीप विकास तालिम प्रभावकारी माध्यम बनेको उल्लेख गरे । उनले व्यावसायिक तरकारी खेतीमार्फत स्वरोजगार सिर्जना र परिवारको आयस्तर वृद्धि गर्न तालिमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
विजयनगर कृषि शाखाका सहायक कृषि विकास अधिकृत प्रभुनाथ यादवले तालिमलाई सहजीकरण गरेका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया