कृष्णनगर, २५ असार ।
कपिलवस्तु प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शिवराज नगरपालिका-५ चन्द्रौटाबाट ४२ वर्षीय जगमन सिंह बुढा मगरलाई पक्राउ गरिएकाे हो ।
लु.प्र.०१-००१ ह ११२७ नम्बरको ई-रिक्सा जाँच गर्ने क्रममा चालक बुढा मगरको साथबाट २२ पुडिया ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद भएको छ । उनकाे साथबाट ४ सय मिलिग्राम र त्यसपछि उनको घरमा खानतलासी गर्दा स्टिलको कन्टेनरमा थप २ ग्राम २ सय ३० मिलिग्राम गरि जम्मा २ ग्राम ६ सय ३० मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको पदार्थको शुद्ध तौल २ ग्राम ३ सय ३० मिलिग्राम रहेको छ । साथै लागुऔषध ओसारपसारमा प्रयोग भएको ई-रिक्सा पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका बुढा मगरविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया