शिवराज नगर भित्रका विद्यालय बन्द,रेडियो शिक्षा प्रभावकारी बन्यो


माधव बेल्बासे
चन्द्रौटा,१४ साउन

कपिलवस्तुको शिवराज नगरपालिकामा कोरोना संक्रमितको सख्या बढेपछि विद्यालयहरु पुर्ण रुपमा बन्द भएका छन् । ४ महिना देखि बन्द रहेका विद्यालयहरुमा अवस्था सामान्य हुने देखिएपछि संचालन गर्ने तयारी गरिएको र एक्कासी धेरै मात्रामा संक्रमित भएपछि विद्यालय पुनः बन्द भएका छन् । घरदैलो तथा टोलटोल गएर अध्यापन गराउने नगरका दुई जना शिक्षक संक्रमित भएपछि वैकल्पीक शिक्षा नगरले बन्द गरेको छ ।
स्थानिय तहको समन्वयनमा कालिका स्वालम्वन सामाजिक केन्द्रले जिल्ला भर संचालन गरेको रेडियो शिक्षा कार्यक्रम भने प्रभावकारी बनेको छ । विद्यालय बन्द भएपछि विद्यार्थीहरु घरमै बसेर रेडियो सुन्दै पढने गरेका छन् । जिल्लाको रेडियो कपिलवस्तु,रेडियो बिजयनगर र रेडियो शिवराजले उक्त रेडियो शिक्षा कार्यक्रम प्रशारण गरिरहेका छन् । नेपाल पत्रकार महासंघ कपिलवस्तु संयोजनमा रेडियो शिवराजले उत्पादन गरेको उक्त शिक्षा जिल्ला भर प्रभावकारी बनेको पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले बताउनुभयो । अहिलेको अवस्थामा विद्यालय संचालन तथा अन्य सिकाई पनि जोखिम रहेकोले शिक्षकहरु सुरक्षित बनेर रेडियो मार्फत शिक्षा प्रदान गर्नुपर्ने भुसालले बताउनुभयो ।
रेकर्ड गर्दा समेत कोरोनाको जोखिम रहने भएकोले यसमा प्रविधिको प्रयोग गरिने रेडियो शिवराजका स्टेसन म्यानेजर दिपक केसीले बताउनुभयो । रेडियोमा रेकर्ड हुने उक्त कार्यक्रम अब घरमै रेकर्ड गरेर रेडियो पठाउने र प्रशारण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । रेडियो शिक्षा सुन्ने विद्यार्थीहरुको सख्या रहेकोले अवको विकल्प रेडियो शिक्षा हुने उहाँले बताउनुभयो । रेडियो मार्फत प्रशारण भएको कार्यक्रम अधिकांश विद्यार्थीहरुले सुनेर प्रतिक्रिया दिने गरेको राष्ट्रिय मावि चन्द्रौटाका शिक्षक विष्णु भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP