Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

कहिलेदेखि खुल्छ स्कुल ?

काठमाण्डौ – लकडाउन खुलेपछि सडक बजारमा चहलपहल बढेको छ । चार महिनाभन्दा बढी समयदेखि रोकिएका कामले गति लिन थालेको छ । तर स्कुल कलेज भने अझै खुलेका छैनन् । 

सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेको र विद्यालयबाट क्वरेण्टीन हटाउने निर्णय गरेकाले अब पठनपाठन सुरु हुन्छ कि भन्ने सङ्केत देखिएको छ । तर अझै निश्चित भइसकेको छैन ।

सामान्य बेलामा सरकारले १५ दिन भर्नाका लागि समय दिने र त्यसपछि नियमित पठनपाठन गर्ने गरेको छ । यो अभ्यासअनुसार भदौ १५ गतेदेखि पठनपाठन सुरु हुनुपर्ने हो । 

कतिपय स्कुल तथा कलेजले विगतको अभ्यासअनुसार नै पठनपाठन सञ्चालन हुने भन्दै स्कुल खोल्नका लागि आन्तरिक तयारीसमेत थालिसकेका  छन् । कतिपय स्कुल भने पालिकासँगको समन्वयमा सञ्चालनमा आइसकेका छन् ।  

भदौ १५ गतेदेखि विद्यालय तहको पठनपाठन नियमित सुरु गर्न सकिए आउँदो चैत वा वैशाखसम्म पठनपाठन पूरा गर्न सकिन्छ । शिक्षासँग सम्बन्धित सङ्घसंस्थाले पनि भदौ १ गतेदेखि स्कुल भर्ना सञ्चालन गरे १५ गतेदेखि स्कुल खोल्न सकिने बताएका छन् ।

भदौ १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक क्रियाकलाप तथा परीक्षासमेत खुला गरिएपछि भदौ १५ देखि नियमित पठनपाठनमा जानु सान्दर्भिक नै हुने उनीहरुले बताउँदै आएका छन् । 

भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खुला गरिसकेको सरकार भने अझै पठनपाठन सुरु गर्ने/नगर्नेबारे अन्योलमा नै छ । भर्ना र परीक्षाका बारेमासमेत आवश्यक सुरक्षा मापदण्ड बनाउन सकेको छैन । यस्तै पठनपाठन कहिलेदेखि  नियमित गर्ने वा केके सुरक्षा मापदण्ड लागू गर्ने भन्ने विषय पनि अन्योलमा नै छ ।  

भर्ना सञ्चालनको कति समयपछि स्कुल तथा कलेज खुल्ने ? मापदण्ड कस्तो हुने ? कसरी पढाउने ? कोरोनाका कारण त्रसित बालबालिका, अभिभावक तथा शिक्षकलाई मानसिक रुपमा कसरी तयार गर्ने ? भन्नेबारे शिक्षा मन्त्रालय आफैँ अन्योलमा छ । 

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा यी सबै  विषयमा  मन्त्रालयमा छलफल भइरहेको बताउनुहुन्छ । छिट्टै नै मन्त्रालयले विद्यालय पूर्ण सञ्चालन कार्य ढाँचा अर्थात् प्रोटोकल तयार पार्ने उहाँले बताउनुभयो । प्रोटोकलमा सबै विषय समेटिने उहाँको भनाइ छ । 

अभिभावक, शिक्षक र विद्यार्थीले अपनाउनुपर्ने सुरक्षा मापदण्ड, कक्षाकोठाको वातावरण, कोरोनापछि भौतिक दूरी कसरी मापन गर्ने सबै विषय प्रोटोकलमा समेटिने उहाँले बताउनुभयो । शिक्षा तथा  मानव स्रोत विकास  केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलिया पनि स्कुल कहिले खुल्छ अथवा आवश्यक मापदण्ड के-के हुन सक्लान् भन्ने विषयमा अहिल्यै भन्न नसकिने बताउनुहुन्छ । 

स्कूल पूर्ण कार्य सञ्चालन ढाँचामा सबै कुरा उल्लेख गरिने उहाँले बताउनुभयो । ढाँचा स्वीकृत भइसकेको र छिट्टै सार्वजनिक हुने उहाँको भनाइ छ । यो ढाँचामा २० वटा सूचकहरु रहेका उहाँले बताउनुभयो । सूचकभित्र स्कुल कसरी खुलाउने, त्यसको मापदण्ड, स्कुल जाँदा-आउँदा, कक्षाकोठा भित्र, बाहिर अपनाउनुपर्ने सावधानी, स्वास्थ्य जाँचलगायतका विषयवस्तु समेटिएको थपलियाले बताउनुभयो ।  

उहाँ भन्नुहुन्छ, ‘अहिले देशभरका सबै स्कुल खोल्ने भनिएको होइन । २-३ चरणमा गरेर खोल्ने हो । यस अन्तर्गत पहिलो चरणमा जोखिम नभएका पालिकाहरुका स्कुल खोल्ने, दोस्रो चरणमा अलि/अलि मात्र जोखिम भएका र विस्तारै सबै स्कुल खोल्ने सरकारको तयारी छ । 

‘स्कुल खोल्ने भन्ने बित्तिकै गते तोकिहाल्ने, मापदण्ड विना नै सञ्चालन गर्ने भनेको होइन’ थपलियाले भन्नुभयो । तर सङ्क्रमितको संख्या बढेमा भने खोलेका स्कुल पनि बन्द पनि हुन सक्ने  उहाँले बताउनुभयो ।

क्वरेण्टीनहरु बिस्तारै खाली हुँदै गएको अवस्थामा खाली भएका स्कुलहरुमा स्यानीटाइज गरेर मात्र पठनपाठन सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । देशभरका ४ हजार ५ सय २२ विद्यालयमा क्वरेण्टीन निर्माण गरिएको छ । ती  अहिले घटेर २ हजारको हाराहारीमा छन् । 

क्वरेण्टीन हटाएर निर्मलीकरण नगरेसम्म कक्षा सञ्चालन गर्न नसकिने उहाँले बताउनुभयो । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १ हजार ८ सय २५ विद्यालयमा क्वरेण्टीन  निर्माण गरिएको छ । प्रदेश ५ का ८ सय ८५ विद्यालय क्वरेण्टीनको रूपमा प्रयोग हुँदै आएका  छन् । 

पालिकाले खाना, बस्नको व्यवस्था गरेर विद्यालयलाई क्वरेण्टीन  बनाइएका हुन् । कर्णाली प्रदेशमा ५ सय ३३ विद्यालयमा क्वरेण्टीन  निर्माण गरिएको छ । प्रदेश २ मा ४ सय ३८ र गण्डकी प्रदेशको ३ सय ८७ विद्यालय क्वरेण्टीनमा प्रयोग गरिएको छ ।

वाग्मती प्रदेशमा २ सय ३० र प्रदेश १ का २ सय २४ विद्यालयमा क्वरेण्टीन  सञ्चालित छन् । क्वरेण्टीन निर्माण भएका सबै सामुदायिक विद्यालय हुन् । सरकारले विद्यालयमा रहेका सबै क्वरेण्टीन हटाउन बिहीबार निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP