Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

नेकपा मालारानी ३ को कमिटी बिघटन, चुनावको छाबिन गर्न आयोग

नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले मालारानी ३ को वडा कमिटी बिघटन गरेको छ ।हालै सम्पन्न ३ नम्बर वडा अध्यक्षको उपनिर्वाचनमा पार्टीले अनपेक्षित पराजय भोग्नुपरेको भन्दै जिल्ला कार्यालयको बैठकले कमिटी विघटन गरेको हो ।बैठकले पार्टी काम संचालनको निम्ति बिरबहादुर के.सी.को संयोजकत्वमा ५ सदस्यीय वडा कमिटी निर्माण गरेको छ । कमिटीको सदस्यमा बि.आर . खनाल ,एस.खनाल ,कमल चौहान र गुणानिधि पोख्रेल रहनुभएको छ । यसैबीच बैठकले निर्वाचन पराजयको कारण पत्ता लगाई आबस्यक सुझाव पेश गर्न नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश कमिटी सदस्य तोजबहादुर रायमाझीको संयोजकत्वमा ३ सदस्यीय छानबिन आयोग बनाएको छ । आयोगको सदस्यमा पिताम्बर भुसाल र श्रीकृष्ण भुसाल हुनुहुन्छ । साथै बैठकले निर्वाचनको प्रारम्भिक समिक्षा गर्नुका साथै निर्वाचनमा ईमान्दार पुर्वक खट्ने पार्टी कार्यकर्ता ,समर्थक शुभेच्छुक ,शुभचिन्तक तथा आम मतदाता प्रति धन्यवाद ज्ञापन गरेको छ । बिघटित वडा कमिटीको अध्यक्षमा दण्डपाणि पोख्रेल , सचिव हुमबहादुर खनाल सहित २९ सदस्य थिए ।बैठकमा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता चन्द्रबहादुर खड्का उज्वलले मालारानी वडा नं.३ को वडा अध्यक्षमा भोग्नुपरेको अनपेक्षित पराजय लाई पार्टीले गम्भीरता पुर्वक लिएको बताउनुभयो । उहाँले पार्टी कार्यकर्तामा बैचारिक निखारता,व्यवहारमा ईमान्दारीता र काममा कृयासिलता हुनुपर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता र सचिव ठाकुर कुमार बि.क.को संचालनमा सम्पन्न बैठकमा नेताहरू नरेन्द्र कुमार क्षेत्री ,छमकुमारी खनाल,जनार्दन खनाल,पिताम्बर भुसाल ,राजेन्द्र भुसाल ,एम.बी.पाण्डे ,तिलक मिश्र,शिबलाल कुँवर लगायतले मन्तव्य राख्नुभएको नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचार विभाग प्रमुख तिलक मिश्रले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP