Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

विजयनगरमा १ सय ५७ बालिकालाई साइकल वितरण

राम प्रघट कोरी – कपिलवस्तु।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा सञ्चालित उडान कक्षाका १ सय ५७ बालिकालाई साइकल वितरण गरिएको छ । विजयनगर गाउँपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालको संयुक्त साझेदारीमा सञ्चालित उडान कक्षाका बालिकालाई साइकल वितरण गरिएको हो ।

उडान छोरी शिक्षाका बालिकाहरुलाई विद्यालयको वार्षिक परिक्षामा समावेश गराई उनीहरुको क्षमता अनुसार विद्यालयको विभिन्न कक्षामा भर्ना गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभएको छ । यस उडान छोरी शिक्षाले विद्यालय जान छोडेको र विद्यालय नगएका बालिकाहरुलाई नियमित विद्यालय अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने थापाले विश्वास व्यक्त गर्नुभयो ।

उडान बालिका कक्षा शिक्षाले अन्धकारमा बितिरहेको बालिकाहरुको उज्ज्वल भविष्यतर्फ प्रोत्साहनमा महत्वपूर्ण भुमिकाको निर्वाह गरेको उहाँले बताउनुभयो । “छोरी शिक्षित भए परिवारसहित पुरै समाज परिवर्तन हुन्छ अनि मात्र शिक्षित समुदायको कल्पना गर्न सकिन्छ” अध्यक्ष थापाले भन्नुभयो । उहाँले बालिकाहरुलाई निरन्तर विद्यालय पठाई शिक्षित परिवार बनाउन अभिभावकहरुसँग आग्रह समेत गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारीले उडान बालिका शिक्षा कार्यक्रमले बालिकाहरुको भविष्य निर्माणका लागि उल्लेखनीय कार्य गरेको बताउनुभयो । हरेक क्षेत्रमा महिलाहरु पछाडी परेकाले उच्च शिक्षामा ध्यान जरुरी रहेको बताउनुभयो । एक महिला शिक्षित भए परिवार नै शिक्षित हुँदै जाने उहाँले बताउनुभयो । महिला पुरुषको तुलनमा घरायसी कार्यमा बढी संलग्नता हुने भएकोले परिवारलाई शिक्षित बनाउन महिलाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

यस्तै सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक नारायण घिमिरेले बालिकाहरुलाई विद्यालय जान प्रोत्साहन गर्न साइकल वितरण गरिएको बताउनुभयो । उनीहरुलाई साइकलबाट विद्यालय आवतजावतमा सहज पनि हुने उहाँले बताउनुभयो । विचैमा विद्यालय जान छोडेका र विद्यालय नगएका बालिकाहरुलाई खोजी उडान सिकाई केन्द्रमा एक वर्षसम्म कक्षा सञ्चालन गरी पुनः विद्यालयमा भर्नाका लागि सो कक्षा सञ्चालन गरेको घिमिरे बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, ७ का वडाध्यक्षको दिनेश चौधरी लगायतको उपस्थिति रहेको भने कार्यक्रम फिल्ड अफिसर तापस कुमार मिश्रको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP