Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

गर्भको छोरा हुर्किसक्यो, श्रीमान् अझै भारतबाट फर्किएनन्

डोटी – शिखर नगरपालिका–१ कपल्लेकीकी ४१ वर्षीया महिसरा दडिमाना गर्भमा भएको छोरो हुर्किए पनि श्रीमान अझै नफर्किंदा पीडामा हुनुहुन्छ ।

श्रीमानले घर छाड्दा गर्भमा रहेको छोरो जन्मिएर पनि ठूलो भइसक्यो, तर कमाउन गएका श्रीमानको कुनै पत्तो छैन । मनमा पीडा छ । काँधमा जिम्मेवारी अनि घरमा एक्लै हुनुहुन्छ महिसरा । 

उहाँका श्रीमान् टेकबहादुर रोजगारीका लागि भारतको जोधपुर गएपछि उहाँ एक्ली हुनुभएको हो । झण्डै १५ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिनुभएकी महिसराले श्रीमानको सुख त परै जाओस् अनुहारसम्म हेर्न नपाएको झण्डै २० वर्ष भयो ।

‘म तीन महिनाकी गर्भवती थिएँ, त्यतिबेला उहाँ घरबाट जानुभएको हो,’ महिसराले भन्नुभयो । 

साथीहरुका बुबा भारतबाट फर्कंदा आफ्ना बुबा नफर्केपछि महिसराका छोरा गोपाल बाबा किन आएनन् भनेर सोध्ने गर्छन् । 

महिसरा छोरालाई कुनै बहाना बनाएर चुप लगाउने गर्नुहुन्छ । तर छोरो ठूलो भएपछि त सत्य कुरा भन्नै पर्छ ।  गरे पनि तर जब गोपाल अली ठूला भए उहाँले भन्नै पर्‍यो सत्य कुरा ।

‘यो २० वर्षसम्म न श्रीमान भएजस्तो भयो, न नभएजस्तो’ मलिन अनुहार बनाउँदै महिसराले भन्नुभयो, ‘श्रीमान् छन् भन्ने कि छैनन् भन्ने द्विविधा भएको छ ।’

श्रीमानले घर छाडेको चार वर्षसम्म कुनै पत्तो थिएन । पछि आफैं घर आएको महिसरा सम्झनुहुन्छ । तर त्यसपछि फेरि भारत नै फर्किएका टेकबहादुर फेरि फर्किएनन् । 

‘त्यतिबेलै मेरा सुसुराले अर्को बिहे गर्न भन्नुभएको थियो,’ उहिलेका कुरा सम्झँदा महिसराको गहभरी आँसु भयो । भन्नुभयो, ‘म कतै गइनँ श्रीमानको बाटो कुरेरै बसें, तर उहाँ आउनुभएन ।’ 

महिसरा बाख्रा पालेर, अर्काको मेलापात गरेर साँझ–बिहानको छाक टार्नु हुन्छ, । माइती, देवर, जेठाजुको सहयोगमा महिसराले छोरालाई हुर्काउनुभयो, छोरालाई दुःखकष्ट गरेर भए पनि कक्षा १२ सम्म पढाउनुभयो ।

‘स्कुलमा कक्षा १२ को एक विषय लागेको थियो, मौका परीक्षा दिन पाउने भन्नुभएको थियो सरले, तर छोरो गोपाल पनि रोजगारीका लागि भारत गयो,’ उहाँले भन्नुभयो, ‘मैले दुःख गरेर हुर्काएँ, पढाएँ पनि, पढाइमा राम्रै थियो तर बीचमै पढाइ छाडेर छोरा भारत गयो, मेरा फेरि दुःखका दिन सुरु भए ।’

उहाँ छोराको खुशीमा आफ्नो दुःख बिर्सन खोज्नुहुन्थ्यो । तर त्यो खुशी पनि मिल्न नसकेकामा उहाँ अहिले झन दुःखी हुनुभएको छ । श्रीमान् भारतमै हराएको घटनाले पनि छोरा भारत नपसोस् भन्ने चाहना थियो महिसराको । 

पेट पाल्नकै लागि मुग्लान पस्नुपर्ने लाखौं युवाको पीडाले उहाँको छोरा गोपाललाई पनि छोयो । 

महिसराको जस्तै अवस्था छ कृष्णा गिरीको पनि । करिब १६ वर्षको उमेरमा विवाह गर्नुभएकी कृष्णा पनि विगत १६ वर्षदेखि श्रीमानको पर्खाइमा घरमा बस्नुभएको छ ।

द्वन्द्वकालमा कृष्णाका श्रीमान् दीपक गिरी घरबाट केही नबोली चुपचाप निस्कनुभयो । गाउँतिरै डुल्दै होलान् भन्ने सोच्नुभएकी कृष्णाले श्रीमान् कहाँ गए अहिलेसम्म खबर पाउनुभएको छैन ।

दिन, महिना, वर्ष बित्दै जाँदा १६ वर्ष पूरा भएछ, तर दीपक घर फर्केर आउनुभएन । दीपक घरबाट जाँदा गर्भमा रहेकी छोरी लक्ष्मी पनि अहिले १५ वर्ष पूरा भैसकेकी छिन् । 

तीन वर्ष पहिले महिसरा र कृष्णाले श्रीमानको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिनुभएको थियो । प्रहरी कार्यालयबाट पनि कुनै जानकारी नआएपछि उहाँह?ले अहिले श्रीमान् आउने आशा मारिसक्नुभएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपसिंह देउवाले श्रीमान् तथा घरका परिवार हराएका विषयमा निवेदन पर्ने गरे पनि कुन ठाउँ र कहिले हराएका हुन् भन्ने यकिन जानकारी नआएका कारण खोजी गर्नमा समस्या भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘घरका सदस्य हराएको भन्ने निवेदन आउँछ तर कहिले कहाँबाट भन्ने जानकारी आउँदैन तै पनि हामी हाम्रो क्षेत्रबाट खोजीका लागि पहल भैरहेका छ।’
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP