Trending
समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक

उदयपुर जीप दुर्घटना : ज्यान गुमाउनेकाे संख्या चार पुग्याे, सबै एकै गाउँका

उदयपुर – उदयपुरको पश्चिमी भेग उदयपुरगढी गाउँपालिका ३ जरुवामा बिहीबार बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे छ ।

उदयपुरगढी-३ बाट कटारीतर्फ जाँदै गर्दा जरुवा तामलडाँडास्थित भित्री सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको एसके ०१ पीबी ३०६८ नम्बरको जीपमा सवारमध्ये ३ को घटनास्थलमै र १ को उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार जीप अनियन्त्रित भएर सडकभन्दा २ सय मिटर तल खस्दा उदयपुर गढी-३ स्थायी घर भएर मोरङ शनिश्चरे बस्ने ६१ वर्षीय टीकनारायण श्रेष्ठ, ४७ वर्षीय ढकबहादुर श्रेष्ठ, ४७ वर्षीय मीननारायण श्रेष्ठ र ३५ वर्षीय टीकाराम श्रेष्ठको ज्यान गएको हाे ।

दुर्घटनामा ३ जनाको घटनास्थलमै र टीकारामको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताउनु भयो । सम्बन्धित समाचार

भारतीय नम्बरकाे जीप पल्टिँदा उदयपुरमा ३ जनाको ज्यान गयाे, ५ जना घाइते

मृतक श्रेष्ठ परिवार पुर्ख्याैली गाउँ बर्रेबाट फर्कने क्रममा दुर्घटनामा परेको एसपी मगरले बताउनुभयाे । उहाँका अनुसार मोरङको पथरी शनिश्चरेमा स्थायी बसोबास गर्ने श्रेष्ठ परिवार सिक्किमको जीप भाडामा लिएर गाउँ आएको र आफन्तजनसँग भेटघाटपछि फर्कने क्रममा दुर्घटनामा परेको हो ।

जीपमा रहेका ८ जनामध्ये ४ जनाको मृत्यु भएकाे, दुई जना घाइते भएकाे तथा २ जना सामान्य रहेका प्रहरीले जनाएकाे छ ।

मोरङकाे पथरी शनिश्वरे नगरपालिका ४ बस्ने लक्ष्मीप्रसाद राई, भारतकाे दार्जिलीङ बस्ने २८ वर्षीय पवन राई र भुपाल राईलाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रिफर गिरएकाे छ । घटनास्थल प्रहरी चौकीभन्दा २३ किलोमिटर टाढा रहेकोछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP