Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

८६१ जना बालबालिकाहरुलाई न्यानो स्वीटर वितरण

माधव बेल्बासे
कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ ले वडामा रहेका ८६१ विद्यार्थीलाई न्यानो स्वीटर बितरण गरेको छ । वडामा रहेका ८ वटा विद्यालयमा कक्षा ५ सम्म अध्यानरत विद्यार्थीहरुलाई स्वीटर बितरण गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।
मंगलवार मदरसा दारुल उलुम कटुवामा अध्ययन गर्ने बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्दै सापकोटाले चिसो मौसम बढेसगै विद्यार्थीहरुलाई सहज होस भन्ने उद्देश्यले बितरण गरिएको उहाँले बताउनुभयो । ६ वटा सामुदायिक विद्यालय र २ वटा मदरसामा अध्यानरत रहेको बालबालिकाहरुलाई लक्षित गरेर वार्षिक कार्यक्रम राखिएको उहाँले जनाउनुभयो ।
निम्न वर्गका विद्यार्थीहरु जाडोमा न्यानो कपडाको अभावले गर्दा बालबालिका विद्यालय नआउने समस्या हुन सक्ने र उनीहरूको दैनिक पठनपाठनमा समेत प्रभाव पर्ने भएकोले न्यानो कपडा वितरण गरिएको सापकोटाले बताउनुभयो । अध्यक्ष स्वयम आफै विद्यालयमा पुगेर न्यानो कपडा बितरण गरेपछि विद्यार्थीहरु खुशी भएका छन् ।
महामारीको समयमा बालबालिकाहरुलाई चिसोको कारण झन जोखिम भएकोले यस समयमा अभिभावक सर्तक रहनुपर्ने बताउनुभयो । विद्यायलको विकासमा आफु निरन्तर लागि परेको र मदरसामा अध्यान गर्ने बालबालिकाहरु पछाडि परेको बताउदै जाडोको समयमा यस कार्यले केहि टेवा पुग्ने बताउनु भयो । स्वटीर बितरण गर्न विद्यालय पुग्नुभएका वडा अध्यक्ष सापकोटाले विद्यालयमा शिक्षाको गुणस्तरीयता कायम गर्न आग्रह गर्नुभयो । वडाले न्यानो कपडा बितरण गर्नको लागि रु २ लाख ५० हजार बजेट बिनियोजन गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP