Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

८६१ जना बालबालिकाहरुलाई न्यानो स्वीटर वितरण

माधव बेल्बासे
कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ ले वडामा रहेका ८६१ विद्यार्थीलाई न्यानो स्वीटर बितरण गरेको छ । वडामा रहेका ८ वटा विद्यालयमा कक्षा ५ सम्म अध्यानरत विद्यार्थीहरुलाई स्वीटर बितरण गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।
मंगलवार मदरसा दारुल उलुम कटुवामा अध्ययन गर्ने बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्दै सापकोटाले चिसो मौसम बढेसगै विद्यार्थीहरुलाई सहज होस भन्ने उद्देश्यले बितरण गरिएको उहाँले बताउनुभयो । ६ वटा सामुदायिक विद्यालय र २ वटा मदरसामा अध्यानरत रहेको बालबालिकाहरुलाई लक्षित गरेर वार्षिक कार्यक्रम राखिएको उहाँले जनाउनुभयो ।
निम्न वर्गका विद्यार्थीहरु जाडोमा न्यानो कपडाको अभावले गर्दा बालबालिका विद्यालय नआउने समस्या हुन सक्ने र उनीहरूको दैनिक पठनपाठनमा समेत प्रभाव पर्ने भएकोले न्यानो कपडा वितरण गरिएको सापकोटाले बताउनुभयो । अध्यक्ष स्वयम आफै विद्यालयमा पुगेर न्यानो कपडा बितरण गरेपछि विद्यार्थीहरु खुशी भएका छन् ।
महामारीको समयमा बालबालिकाहरुलाई चिसोको कारण झन जोखिम भएकोले यस समयमा अभिभावक सर्तक रहनुपर्ने बताउनुभयो । विद्यायलको विकासमा आफु निरन्तर लागि परेको र मदरसामा अध्यान गर्ने बालबालिकाहरु पछाडि परेको बताउदै जाडोको समयमा यस कार्यले केहि टेवा पुग्ने बताउनु भयो । स्वटीर बितरण गर्न विद्यालय पुग्नुभएका वडा अध्यक्ष सापकोटाले विद्यालयमा शिक्षाको गुणस्तरीयता कायम गर्न आग्रह गर्नुभयो । वडाले न्यानो कपडा बितरण गर्नको लागि रु २ लाख ५० हजार बजेट बिनियोजन गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP