Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

पानीमा रुझेरै माइतीघरमा उखु किसानकाे प्रदर्शन पानीमा रुझेरै माइतीघरमा उखु किसानकाे प्रदर्शन

काठमाण्डौ – चिनी मिलले दिनुपर्ने भुक्तानीको माग गर्दै आन्दोलन गरिरहेका उखु किसानले अहिले पनि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । पानीमा रुझ्दै किसानले प्रदर्शन गरेका हुन् । 

सरकारले आउँदो माघ ७ गतेभित्र भुक्तानी गर्न बाँकी रहेको रकम उपलब्ध गराउने बताए पनि किसानहरुले लिखित प्रतिबद्धताको माग गरिरहेका छन् । 

यसैबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माघ ७ गतेभित्रै मिल सञ्चालकबाट उखु किसानरुको भुक्तानी गराइनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा मन्त्री भट्टले उखु किसानको मागप्रति सरकार सुरुदेखि नै सकारात्मक र गम्भीर रहेको बताउनु भएको हो ।

माघको पहिलो हप्ताभित्रै सबै भुक्तानी दिलाउनेगरी लिखित रुपमै सहमति गर्ने उहाँले बताउनु भयो । उहाँले यो महिनाभित्र ८० प्रतिशत र बाँकी २० प्रतिशत माघको पहिलो हप्तासम्म भुक्तानी गराइसक्ने दावी गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP