Trending
flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

कपिलस्तुको धानखोलामा शिवरात्री मेलाको तयारी भेला सम्पन्न

कपिलवस्तु– भगवान शिवको आराधना र पुजा संगै भब्य रुपमा हरेक वर्ष हर्सोल्लाषका साथ मनाईने महाशिवरात्री मेलाको तयारीका लागी आज कपिलस्तुको धानखोला मन्दिरमा पुर्व तयारी भेला समपन्न भएको छ । कपिलस्तुमा भगवान शिवको शक्ति पिठका रुपमा रहेको पाहाडी उच्च टापुमा अवस्थित ऐतिहासिक तथा प्राचिन धार्मिक महत्वको शिवगढी मन्दिर संगै धानखोला मन्दिरमा पुजालाई भब्य बनाउने विषयामा भेला आयोजना गरिएको हो र दांगको सिमाना संग जोडिएको शिवराज १ को धानखोला मन्दिर र शिवराज ९ को रमुवादहबाट शिवरात्रीका अवसरमा नेपाल तथा भारतका हजारौ भक्तजन शिवगढी मन्दिर पुग्ने गर्छन ।

आयोजकले यो वर्ष माहाशिवरात्रीमा अन्य वर्षको तुलनामा मेलालाई भब्य रुपमा आयोजना गर्न आफनो तयारीलाई ब्यापक बनाएको छ । आयोजकले यो वर्ष सास्कृतिक कार्यक्रमलाई र पुजा लाई अझ प्रभावकारी बनाउनका लागी सर्वपक्षिय छलफल गरी छलफलबाट विभिन्न उपसमिति पनि निर्माण गरी जिम्मेवारी बाडफाड गरेको छ ।

भेलाले दिनेश पुन मगरको संयोजकत्वामा मेला मुल आयोजक समिति गठन गरेको छ । भेलाले अन्य तयारीलाई प्रभावकारी बनाउन राम प्रसाद पौडेलको संयोजकत्वमा पुजा समिति , महादेव पोख्रेलको संयोकत्वमा भण्डारा तथा प्रसाद समिति , जीवलाल पौडेलको संयोकत्वमा आर्थीक समिति र पत्रकार चिन्ता परियारको संयोकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ ।

मेलालाई यो वर्ष भब्य बनाउनका लागी आयोजकले राष्टिय कलारका संगै नृत्य प्रतियोगीता र स्थानिय कलाकारको प्रस्तुति राख्ने मुल समारोह समीतिका संयोजक दिनेश पुन मगरले जानकारी दिनु भयो । साथै उहाले कार्यक्रममा प्रमुख अतिथीका रुपमा प्रदेश सरकारका बन तथा पर्यटन मन्त्रिलाई ल्याउने तयारी गरिएको बताउनुभयो । कार्यक्रम शिवरात्रिको एक दिन अघि बाट सुरु हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP