Trending
flash विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर flash ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना स्वास्थ्य नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा समाज टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ flash गाडीको छतमा राखिएको टिन खस्दा एक जनाको मृत्यु समाज नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव खेल ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा समाज अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा समाज आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ समाज विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान

कपिलस्तुको धानखोलामा शिवरात्री मेलाको तयारी भेला सम्पन्न

कपिलवस्तु– भगवान शिवको आराधना र पुजा संगै भब्य रुपमा हरेक वर्ष हर्सोल्लाषका साथ मनाईने महाशिवरात्री मेलाको तयारीका लागी आज कपिलस्तुको धानखोला मन्दिरमा पुर्व तयारी भेला समपन्न भएको छ । कपिलस्तुमा भगवान शिवको शक्ति पिठका रुपमा रहेको पाहाडी उच्च टापुमा अवस्थित ऐतिहासिक तथा प्राचिन धार्मिक महत्वको शिवगढी मन्दिर संगै धानखोला मन्दिरमा पुजालाई भब्य बनाउने विषयामा भेला आयोजना गरिएको हो र दांगको सिमाना संग जोडिएको शिवराज १ को धानखोला मन्दिर र शिवराज ९ को रमुवादहबाट शिवरात्रीका अवसरमा नेपाल तथा भारतका हजारौ भक्तजन शिवगढी मन्दिर पुग्ने गर्छन ।

आयोजकले यो वर्ष माहाशिवरात्रीमा अन्य वर्षको तुलनामा मेलालाई भब्य रुपमा आयोजना गर्न आफनो तयारीलाई ब्यापक बनाएको छ । आयोजकले यो वर्ष सास्कृतिक कार्यक्रमलाई र पुजा लाई अझ प्रभावकारी बनाउनका लागी सर्वपक्षिय छलफल गरी छलफलबाट विभिन्न उपसमिति पनि निर्माण गरी जिम्मेवारी बाडफाड गरेको छ ।

भेलाले दिनेश पुन मगरको संयोजकत्वामा मेला मुल आयोजक समिति गठन गरेको छ । भेलाले अन्य तयारीलाई प्रभावकारी बनाउन राम प्रसाद पौडेलको संयोजकत्वमा पुजा समिति , महादेव पोख्रेलको संयोकत्वमा भण्डारा तथा प्रसाद समिति , जीवलाल पौडेलको संयोकत्वमा आर्थीक समिति र पत्रकार चिन्ता परियारको संयोकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ ।

मेलालाई यो वर्ष भब्य बनाउनका लागी आयोजकले राष्टिय कलारका संगै नृत्य प्रतियोगीता र स्थानिय कलाकारको प्रस्तुति राख्ने मुल समारोह समीतिका संयोजक दिनेश पुन मगरले जानकारी दिनु भयो । साथै उहाले कार्यक्रममा प्रमुख अतिथीका रुपमा प्रदेश सरकारका बन तथा पर्यटन मन्त्रिलाई ल्याउने तयारी गरिएको बताउनुभयो । कार्यक्रम शिवरात्रिको एक दिन अघि बाट सुरु हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP