Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

आजदेखि नयाँ शैक्षिक सत्र शुरु‚ ४० लाख थान पुस्तक छाप्न बाँकी

काठमाडौं : आजदेखि नयाँ शैक्षिक सत्र २०७९ शुरु भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसअघि नै जेठ १ गतेबाट पठनपाठन थाल्ने निर्णय गरेको थियो। तर नयाँ शैक्षिक शुरु हुँदा पनि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ पाठ्यपुस्तक छापिसकेको छैन।

सरकारको स्वामित्वमा रहेको जनक शिक्षाका अनुसार अझै ४० लाख थान नयाँ पुस्तक छाप्न बाँकी छ भने १ करोड ५० लाख थान छपाइ सकिएको छ। जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यले स्थानीय तह निर्वाचनले गर्दा समयमा पुस्तक छाप्न नसकेको जानकारी दिए।

उनले भने, ‘चुनावको मतपत्र छाप्नुपर्ने भएकोले एक महिनासम्म पुस्तक छपाइ प्रभावित भयो, नभए समयमै छपाइ सकाएर सम्बन्धित ठाउँमा पुर्‍याइसक्थ्याैँ।’
आयोगले गत चैत ११ गते जनक शिक्षालाई नै मतपत्र छपाइको जिम्मा दिने निर्णय गर्‍याे। त्यसपछि नै जनक शिक्षालाई पहिला मतपत्र छाप्ने कि नयाँ पाठ्यपुस्तक छाप्ने भन्ने चटारो थियो। पहिला मतपत्र छाप्नुपर्ने भएपछि पुस्तक छपाइ भनेजसरी हुन नसकेको उनको भनाइ छ।

बाँकी पुस्तक छाप्न अझै २० दिन लाग्ने !

अघिल्ला वर्षहरूमा जस्तै यस वर्षको शैक्षिक सत्रमा पनि समयमा सम्बन्धित विद्यालयमा पुस्तक नपुग्ने भएको छ। जनक शिक्षाका सूचना अधिकारी आचार्यले बाँकी पुस्तक छाप्न अझै २० दिनसम्म लाग्ने बताए। ‘चुनावले गर्दा रोकिएर बाँकी रहेको ४० लाख थान पुस्तक छाप्न अझै २० दिनसम्म लाग्न सक्छ,’ उनले भने।

उनले छापिसकेका पुस्तक भने सम्बन्धित ठाउँमा पठाइसकेको जानकारी दिए। छापिसकेका पाठ्यपुस्तक जनक शिक्षाको धनगढी, नेपालगन्जलगायत ९ ठाउँमा प्रादेशिक कार्यालयमा पठाइ वितरण गरिरहेको उनको भनाइ छ। उनका अनुसार कक्षा १ देखि १२ सम्मको नयाँ पुस्तक छापिन्छ। कक्षा १ देखि ९ सम्म रंगीन पाठ्यपुस्तक छापिएको छ भने कक्षा १० देखि १२ सम्मको कालो र सेतो (ब्ल्याक एण्ड ह्वाइट) पुस्तक छापिँदै आएको छ। 

नेपाल अविभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी सरकारकै लापरबाही कारण कहिलै पनि समयमा नयाँ पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्ने गरेको बताउँछन्। ‘समयमा सम्बन्धित ठाउँमा पुस्तक नपुग्ने समस्या अहिले मात्र होइन पहिलादेखिकै समस्या हो, सरकारको हेलचेक्र्याइँले समयमा नयाँ पाठ्यपुस्तक पुग्न नसकेको हो,’ उनले भने।

निर्वाचनका कारण पठनपाठन नै प्रभावित

निर्वाचनकै कारण देशभरको पठनपाठन पनि प्रभावित भएको छ। अहिले मतगणना जारी छ। यतिखेर सामुदायिक र निजी विद्यालय पनि बन्द छन्। वैशाख २८ गतेदेखि नै लगातार ६ दिन बिदा छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान केन्द्र कायम भएका विद्यालय वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द रहने जानकारी दिएको थियो।

३१ गते शनिबार पर्‍याे भने जेठ १ गते साताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भयो। २ गते बुद्ध जयन्ती परेको छ। पठनपाठनमात्र नभई निर्वाचनले नयाँ भर्ना अभियानसमेत प्रभावित बनेको छ। 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय महासचिव आरबी कटुवालका अनुसार अहिले अभिभावकसँगै अधिकांश विद्यार्थी  गाउँमा गएका छन्। निर्वाचन सकिएर काठमाडौं फर्किएपछि भर्ना फेरि शुरु गर्ने जानकारी उनले दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP