Trending
flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

जिल्लाका संचारकर्मी गम्भिर बन्न र सच्चिन भन्दै पत्रकार महासंघ कपिलवस्तुको विज्ञप्ती

कपिलवस्तु , ९ भदौ नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आइतबार गोरुसिंगेमा आयोजना गरेको नागरिकको नजरमा मिडिया सम्वन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्लाका सरोकारवालाले राखेको सुझाव र धारणालाई गम्भिर रुपमा लिएको छ ।

पछिल्लो समय पत्रकार र मिडिया माथि नै प्रश्नहरु उठिरहदा सरोकारवालाले राखेको सुझावलाई कपिलवस्तु शाखाले सकारात्मक रुपमा लिएको छ । नागरिक समाज, उद्योगी व्यवसायी, जनप्रतिनिधी तथा सरकारी निकायका उच्च अधिकारी सम्मिलित कार्यक्रमबाट आएका महत्वपूर्ण सुझावलाई ग्रहण गर्दै महासंघले जिल्लाका सम्पूर्ण पत्रकार र मिडियालाई थप जिम्मेवार बन्न र पेशागत मर्यादालाई जोगाउन आग्रह गरेको छ ।


सुनुवाईमा नागरिक समाज, व्यवसायी तथा संघसंस्थाका प्रतिनिधीले केही मिडिया र संचारकर्मीका कारण आफुहरु मारमा परेको बताएकाले त्यसतर्फ जिल्लाका संचारकर्मी गम्भिर बन्न र सच्चिन समेत विज्ञप्ती मार्फत आग्रह गर्दछौं । शाखाले जिल्लाका सम्पूर्ण पत्रकार र मिडिया हाउसलाई पत्रकार आचार संहिता पूर्ण रुपमा परिपालना गर्न समेत निर्देशन गरेको छ । केही मिडिया तथा पत्रकारले आचार संहिता विपरित कार्य गरेको भन्ने सुन्नमा आएकाले त्यस्ता संचार संस्था तथा पत्रकारका विषयमा तत्काल महासंघ तथा प्रेस काउन्सिलमा नागरिकलाई उजुरी गर्न समेत अनुरोध गरेको छ ।


पत्रकार आचार संहिता उल्लघंन गरेका पत्रकार तथा संचार माध्यमका सम्बन्धमा उजुरी गर्न सक्ने कानुनी व्यवस्थालाई नागरिकले अधिक्तम उपयोग गर्न समेत महासंघ आग्रह गर्दछ । समाजमा मिडियाले खेलेको भूमिका प्रंशसनीय रहेकाले मुलुकमा विधीको शासन, लोकतन्त्र तथा सुशासन स्थापित गर्न पत्रकारितालाई अझ व्यवस्थित र मर्यादित बनाउदै सही ढंगले परिचालन गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP