Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

विद्यार्थीको आन्दोलन सकिएपछि पनि बंगलादेशमा गिरफ्तारी जारी


बंगलादेशमा केही दिनअघि भएको विद्यार्थी आन्दोलनका नेतृत्वकर्तालाई प्रहरीले धमाधम गिरफ्तार गर्न थालेको छ।

प्रदर्शनका क्रममा घाइते भएर अस्पताल भर्ना भएका वा घरमै आराम गरिरहेका विद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गर्न थालेको हो। यसअघि झण्डै एक साता चलेको विद्यार्थीको आन्दोलनपछि बंगलादेशमा सरकारले कर्फ्यू लगाएर सेना परिचालन गरेको थियो। डेढ सयभन्दा बढी विद्यार्थी मारिएको आन्दोलनपछि अदालतले तत्कालीन स्वतन्त्रता सेनानीका परिवारलाई दिइने आरक्षण घटाएको थियो।

अदालतको फैसलासँगै आन्दोलन फिर्ता भएको थियो। तर अहिले वातावरण सामान्य भइसकेपछि शेख हसिना नेतृत्वको सरकारले धमाधम विद्यार्थी नेताहरूलाई पक्राउ गर्न लागेको हो। यसअघि आन्दोलनका क्रममा गिरफ्तारीमा परेका ४ हजारभन्दा बढी विद्यार्थीलाई पनि बंगलादेश सरकारले रिहा गरेको छैन।

यसका कारण आरक्षण विरोधी आन्दोलनको अगुवाई गरेका विद्यार्थी सहकर्मीको रिहाइका लागि पुनः आन्दोलनको मनस्थितिमा छन्। यही कारण प्रहरीले उपचाररत विद्यार्थीमाथि नै गिरफ्तारी बढाएको आरोप लगाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP