Trending
flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

विद्यार्थीको आन्दोलन सकिएपछि पनि बंगलादेशमा गिरफ्तारी जारी


बंगलादेशमा केही दिनअघि भएको विद्यार्थी आन्दोलनका नेतृत्वकर्तालाई प्रहरीले धमाधम गिरफ्तार गर्न थालेको छ।

प्रदर्शनका क्रममा घाइते भएर अस्पताल भर्ना भएका वा घरमै आराम गरिरहेका विद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गर्न थालेको हो। यसअघि झण्डै एक साता चलेको विद्यार्थीको आन्दोलनपछि बंगलादेशमा सरकारले कर्फ्यू लगाएर सेना परिचालन गरेको थियो। डेढ सयभन्दा बढी विद्यार्थी मारिएको आन्दोलनपछि अदालतले तत्कालीन स्वतन्त्रता सेनानीका परिवारलाई दिइने आरक्षण घटाएको थियो।

अदालतको फैसलासँगै आन्दोलन फिर्ता भएको थियो। तर अहिले वातावरण सामान्य भइसकेपछि शेख हसिना नेतृत्वको सरकारले धमाधम विद्यार्थी नेताहरूलाई पक्राउ गर्न लागेको हो। यसअघि आन्दोलनका क्रममा गिरफ्तारीमा परेका ४ हजारभन्दा बढी विद्यार्थीलाई पनि बंगलादेश सरकारले रिहा गरेको छैन।

यसका कारण आरक्षण विरोधी आन्दोलनको अगुवाई गरेका विद्यार्थी सहकर्मीको रिहाइका लागि पुनः आन्दोलनको मनस्थितिमा छन्। यही कारण प्रहरीले उपचाररत विद्यार्थीमाथि नै गिरफ्तारी बढाएको आरोप लगाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP