Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

राष्ट्र बैंकले २०७१ को आधार वर्ष फेरेर ल्याउँदै छ ‘उपभोक्ता मूल्य सूचकांक’, यस्ताे छ कारण


काठमाडौँ : नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ।

बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने घोषणा गरेको हो।

राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकको लागि यसअघि २०७१/७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएकोमा अब परिवर्तन गरी यो वर्षबाट २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्ने भएको छ।

राष्ट्र बैंकले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ मूल्यभार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यताअनुसार आधार वर्ष परिवर्तन गरेको बताएको छ।

पहिले प्रयोग नहुने वस्तु प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले प्रयोग नहुँदा हटाउनुपरेका कारण आधार वर्ष परिवर्तन भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए।

उनले परिवर्तन गर्न खाजेका कुराहरु अहिले नै पूर्ण नहुने भन्दै परिवर्तन निरन्तरको प्रक्रिया भएको पनि बताए। उनले उपभोक्ता मूल्य सूचकांकमा केही तल माथि भए आगामी दिनमा सुधार गर्दै लैजाने बताए। उनले उपभोक्ता मूल्य सूचकांक मार्केट सेन्टरहरु बढेर गएका ५० जिल्ला मात्रै समेटिएकोमा अहिले सबै जिल्ला समेटिएको भएको बताए।

उनले ४९६ वस्तुहरुको मूल्य संकलन गरिने भए पनि अहिले ५२५ पुर्‍याइएको बताए। उनले ‘उपभोक्ता मूल्य सूचकांक’ उपभोगको प्रवृत्ति भएको परिवर्तन र समयाअनुकलका मूल्यहरुलाई पनि समावेश गराएर डाइनामिक बनाउन खोजिएको जानकारी दिए।

उनले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार र वस्तुको वास्तविक मूल्य समावेश गर्नेगरी उपभोक्ता मूल्य सूचकांक बनेको बताए।

उनले बजार मूल्यसँग राष्ट्र बैंकले प्रकाशित गर्ने मूल्य मिल्दोजुल्दो नभएको भन्ने सन्दर्भमा समग्र वस्तुको मूल्यको आधारमा मूल्य सूचकांक निकालिने हुँदा त्यस्तो देखिएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP